२० साउन, काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको अभिनय रहेको चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा नायिका शाह र नायक खड्काको बोल्ड अवतार देख्न सकिन्छ । चलचित्रमा नायिका शाह, नायक खड्काको साथमा रेबिका गुरुङ, आयुष प्रधान लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

पुनम इंटरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई नवल नेपालले निर्देशन गर्नुभएको हो । गोविन्द फुँयाल र निर्देशक नेपालको संयुक्त लेखन रहेको चलचित्र आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । हेर्नुहोस् ट्रेलरः