२६ माघ, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन भारतीय विदेशन्त्री सुष्मा स्वाराज नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ ।

काठमाडौं आए लगत्तै भारतीय टोली कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन सोझै दशरथ रंगशाला पुगेका छन् ।

भारतीय टोलीले कोइरालालाई श्रद्धाञ्जली दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग भेट्ने र विदेशमन्त्री सुष्षमा आजै दिल्ली फर्किने कार्यक्रम रहेको भारतीय विदेशमन्त्रालयले जनाएको छ ।

Sushma Swaraj at New Delhi Airport

स्वराज आजै राती दिल्ली फर्कने र अन्य नेताहरु भोलि श्रद्धाञ्जली कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

परराष्ट्रमन्त्री कमल थापासँग साँझ ६ बजे भेट्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

कोइरालाको निधनमा नरेन्द्र मोदीका भावुक २ ट्वीट

विविसी हिन्दीको फिचर- जन्म बनारसमा, ३ वर्ष भारतको जेलमा

भारतीय राष्ट्रपतिले भने- कोइरालाको निधनले भारतीय जनता पनि दुःखी

सुष्मासँग भारतका चर्चित नेताहरु राज्य सभा सदस्य तथा जनता दल युनाइटेडका शरद यादव, क्याबिने मन्त्री आनन्द शर्मा, भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल समेत काठमाडौं आएका छन् ।