२० मंसिर, एजेन्सी ।  भारतको हैदरावादमा एक महिला पशु चिकित्सकलाई सामुहिक बलात्कारपछि हत्या गर्ने ४ जनालाई प्रहरीले  इन्काउन्टर गर्यो ।

महिलालाई बलात्कारपछि हत्या गरेको राजमार्गमै लगेर गरिएको इन्काउन्टरले सामाजिक सञ्जाल तरंगित छ।  । तेलाङ्गना प्रहरीले एनएच ४४ राजमार्गमा शुक्रबार बिहान ३ बजे उनीहरुको इन्काउन्टर गरेको जानकारी दिएको थियो । 
यो पनि पढ्नुस: हैदरावाद प्रकरणः सामुहिक बलात्कारपछि हत्या गर्ने ४ जनालाई घटनास्थलमै लगेर इन्काउन्टर

घट्नापछि प्रहरीको सामाजिक सञ्जालमा निकै प्रशंसा गरिएको छ। पिडितको परिवारलाई यसले राहत दिएको र पिडिकहरुलाई सबक सिकाएको भन्दै प्रहरीको प्रशंसा गरिको छ। 

पिडितका पिताले भनेका छन्, “मेरी छोरी मारिएको १० दिन भयो, तेलंगना सरकार, प्रहरी र जो मानिसहरु मसंगै खडा भए, सबैलाई बधाई छ। मलाई लाग्छ प्रहरीले निकै राम्रो काम गर्यो। यदी अपराधी भाग्न सफल भएको भए प्रहरीमाथि नै प्रश्न उठथ्यो । उनिहरुलाई फेरी पक्राउ गर्न गाह्यो हुन्थ्यो। फेरी समातिए पनि कारवाही पक्रियामा जान समय लाग्थ्यो।”

यसैगरि पिडितकी बहिनीले भनेकी छिन्, “म यसबाट एकदमै खुसी छु, यो एउटा उदाहरण हुनेछ । मलाई विश्वास छ अब फेरी यस्तो घट्ना हुने छैन्। म तेलंगना सरकार र प्रहरीलाई धन्यवाद दिन चाहन्छु । “

यो पनि पढ्नुस: सुनसान सडकमा डाक्टरको स्कुटी पञ्चर, बिहान भेटियो जलेको शव

जहाँ इनकाउण्टर भयो त्यहाँ स्थानीय मानिसहरु जम्मा भएर प्रहरीको पक्षमा नारा नै लगाए। स्थानियवासीले प्रहरीहरु माथि फुलको वर्षा गरे । यसै गरि महिलाहरुले प्रहरीहरुलाई राखी बाँधेका थिए।

कानुनले भन्दा पहिले भगवानले सजाय दिए

तेलंगना राज्यका कानुन मन्त्री ए इन्द्राकरण रेड्ढीले भनेका छन्, “कानुनले भन्दा पहिले भगवानले आरोपीहरुलाई सजाय देिएका छन्। उनीहरुमाथि जे भयो त्यसले पुरै देश खुसि छ। “