१७ मंसिर, काठमाडौं । सामाजिक संजाल ह्वाट्स ऐपमा अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी, श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका २२ वर्षीय अमिर थापा र भक्तपुर कमलबिनायक बस्ने २४ वर्षीय अमन अवाल रहेको महानगरी अपराध महाशाखाका प्रहरी उपरीक्ष सुशीलसिंह राठौरले बताए ।

अनलाईनबाट विज्ञापन गरी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले एक महिनाको समयावधिमा ८ लाख रुपैयाँ भन्दी बढी रकम ठगी गरेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

महाशाखाले यस्तै प्रकृतिका घटनाहरु पुनः दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग÷सचेत रहन हुन सबैलाई अनुरोध गरेको छ । साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।