२ पुस, काठमाडौं ।

नयाँ शक्ति निर्माणको अभियानमा रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई अहिले सम्मकै सफलता मिलेको छ ।

उनको नयाँ शक्तिमा नेपाली कांग्रेसका विचारक प्रदीप गिरी र पूर्व अर्थसचिव रामेश्वर खनाल समेत सहकार्य गर्न तयार भएका छन् ।

Rameshwor khanal

त्यसैगरी विवेकशील नेपाली भनेर चर्चामा रहेका अभियान्ता उज्जवल थापा र अभिनेता सरोज खनालले समेत बाबुरामलाई साथ दिने भएका छन् ।

Pradip-Giri talking

बाबुराम भट्टराईको निजी सचिवालयका अनुसार नयाँ शक्ति निर्माणका लागि निम्न ४ बुँदामा सहमति समेत भएको छः

१. वैकल्पिक विचार, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्ने कुरामा हामी सहमत छौं ।

२. वैकल्पिक राजनीतिक विचार राख्नेहरुको बीचमा सहकार्य र सहयोगको आवश्यकता छ भन्ने कुरामा हामी सहमत भएका छौं । वैकल्पिक राजनीतिक विचार राख्नेहरुबीचको सहकार्यमा हामीले जोड दिन्छौं ।

३. वैकल्पिक राजनीतिको मूल उद्देश्य सदाचार सहितको राजनीति, देशको विकास र समृद्धि हो भन्ने कुरामा हामी सहमत छौं ।

४. वैकल्पिक राजनीतिक शक्ति निर्माणका निम्ति सबै शक्ति, व्यक्ति र आम जनतासँग यो प्रक्रियामा सहभागिताका निम्ति हामी हार्दिक आग्रह गर्दछौं ।

यस अघि केही निराश देखिएको नयाँ शक्ति अभियानले पछिल्लो समयमा सफलता हात पार्दै गएको देखिएको छ ।

बाबुरामले पछिल्लो पटक पाएको साथले उनले दीर्घकालीन समयमा प्रभावशाली संगठन निर्माण गर्ने अपेक्षा उनका शुभचिन्तकहरुको छ ।

संकट समाधानका लागि बाबुरामको ४ बुँदे फर्मुला

बाबुराम भट्टराईले भने- ‘पूर्व विशिष्ठ’ लाई अनावश्यक सुविधा दिनु ठीक हैन!