१८ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै आएको डाक्टर गोबिन्द केसी आजदेखि फेरि अनशन बस्ने तयारीमा छन् ।

फाइल फाेटाे

यसअघि १६ पटक अनशन बसेका केसी अनशन तोड्ने बेला सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै फेरि अनशन बस्न लागेका हुन् । १७ औं अनशन बस्ने क्रममा उनी ठाउँको खोजीमा छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट अवकाश लिइसकेपछि उनलाई ठाउँ खोज्न समस्या परेको हो । यसअघि हुनै त्रिवि शिक्षण अस्पतालमै अनशन बसेका थिए ।

काठमाडौंकै बागबजारमा अनशन बस्ने तयारी गरिरहेको बताइएपनि उनी अचानक डडेल्धुरा पुगेका छन् । उनी आज जसरी पनि अनशन सुरु गर्ने तयारीमा छन् । तर अनशन कहाँ सुरु गर्ने भन्ने स्थान टुंगि नसकेको उनका सहयोगी डाक्टर जीवन क्षेत्रीले जानकारी दिए ।