१५ फागुन, काठमाडौं । लगातार दुई दिन घटेको सुनको मूल्य साताको पाचौँ दिन बिहीबार पुनः बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँ बढ्दा चाँदी ५ रुपैयाँ प्रतितोला घटेको छ ।

आज छापावाला सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य पनि घटेर ७९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी आज तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको ७९ हजार ५ सय रुपैयाँ र चाँदी ९ सय ५ रुपैयाँ प्रतितोला कारोबार भएको थियो । त्यसअघि फागुन १२ गते सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुनको मूल्य ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।