एजेन्सी।

एप्पल कम्पनीले बजारमा भित्र्याउन लागेको ४-इन्चको नयाँ आइफोनको बारेमा फेरि अर्को खबर प्राप्त भएको छ। ४-इन्चको आइफोन-५एसईमा १२ मेगापिक्सेलको रियर क्यामेरा हुने र यसको मूल्य ४०० देखि ५०० अमेरिकी डलर सम्म पर्ने उक्त रिपोर्टले बताएको छ। यस मूल्यलाई नेपाली रुपैयाँमा बदल्ने हो भने- रु.४३,७९२ देखि रु.५४,७४० पर्न जान्छ।iPhone 5se 4-inch

यहि मार्चमा लञ्च हुने भनिएको आइफोन-५एसईको लञ्चपश्चात आइफोन-५, ५एस र ५सीको मूल्य ५०% ले घट्ने जानकरी उक्त रिपोर्टबाट प्राप्त भएको छ। एप्पलले पहिल्यैदेखि नै कुनै नयाँ फोन निकाल्नेबित्तीकै पुरानो फोनहरूको निर्माण बन्द गरेर त्यसको मूल्य घटाउने गरेको छ।

५ सिरिजका आइफोनहरूको मूल्य घटाउने भएकै कारणले एप्पल कम्पनीले नयाँ आइफोन-५एसईको निर्माण मात्रामा पनि २० मिलियनबाट १२ मिलियनमा घटाउने निर्णय गरेको छ। सानो स्क्रीन मनपराउने प्रयोगकर्ताहरूले नयाँ महङ्गो फोन किन्नुको सट्टा पुरानो सस्तो आइफोन-५ नै किन्ने कम्पनीले विश्वास गरेको छ।

यो पनि हेर्नुहोस्-
भविष्यमा यस्तो बन्नेछ आइफोन
आइफोनको मिती १९७० मा लाँदा आएको समस्याको समाधान सार्वजनिक
क्रेडिट कार्ड बिना नै निःशुल्क एप्पल आइडी कसरी बनाउने?
चर्चा पाउन नसकेका एप्पलका ८ उत्पादन
युट्यूब बन्द गरेपछि गीत पनि बन्द हुने समस्यालाई हल गर्ने जुक्ति थाहा पाउनुस्