सुहागरातशब्द भनेपछि धेरै मानिसले कान ठाडो पार्छन् । सुहागरातको विषयमा सबैलाई विशेष चासो हुन्छ । तर सामान्यतया मानिसमा हुने जिज्ञासाले पनि उनीहरुलाई सुहागरातको विषयमा वास्तविक ज्ञान सम्म भने पुर्याएको हुँदैन । धेरै मानिसमा सुहागरात सम्बन्धमा अनेक भ्रम रहेको देखिन्छ ।

जानिराख्नुस् सुहागरातका विषयमा ब्याप्त ७ भ्रमः

 

१ पहिलो सम्भोगमा महिलालाई पीडा हुन्छः

अधिकाँश मानिस सुहागरातको पहिलो सम्भोगका क्रममा महिलालाई पीडा हुने ठान्छन् । तर दम्पतिमा आपसी समझदारी र माया छ भने तथा स्त्री सम्भोगका लागि मनदेखि नै तयार छन् भने यस्तो पीडा नहुन पनि सक्छ ।

suhagrat

 

२ लिङ्गको आकारः

मानिसहरु पुरुषको लिङको आकार जस्तो छ त्यसै अनुसार नै उसको यौनिक क्षमता हुने ठान्छन् । तर वास्तविकता यस्तो हुँदैन । यौनको आनन्द मानसिक अवस्थामा बढी निर्भर गर्छ नकि शारीरिक । लिङ्गको आकार नै यौन सन्तुष्टी वा असन्तुष्टीको कारण बन्न सक्दैन ।

३ हस्तमैथुनः

मानिसहरु के ठान्छन् भने विवाह अघि नियमित हस्तमैथुन गर्ने पुरुषलाई सुहागरातमा शीघ्र स्खलनको समस्या हुन्छ । तर त्यो सत्य होइन । मेडिकल साइन्सले पुरुषको स्वास्थ्य, यौन शक्ति, प्रजनन क्षमता जस्ता कुरा महत्वपूर्ण हुने पुष्टी गरेको छ । यसको अर्थ हस्तमैथुनसँग यौनिक दुर्बलताको कुनै सम्बन्ध छैन ।

 

४ उज्यालो अध्याँरोः

मानिसहरु जोडी शुरुमा भेट हुँदा कोठामा बत्ति बलिरहेको हुनु पर्ने र यौन संसर्गका वेला मात्र वत्ति निभाउन उचित हुने ठान्छन् । तर शोधले अधिकाँश महिला अध्याँरोमै यौनजन्य गतिविधी र यौन सम्पर्क गर्न चाहने देखाएको  छ । अधिकाँश महिला यौनको समयमा आँखा बन्द गर्छन् ।

suhagrat 2

 

५ पहिलो रातमा रक्तश्रावः

अधिकाँश मानिसको धारणा पहिलो रातमा महिलाको योनीबाट रक्त श्राव भएमात्र उनी कुमारी रहेको पुष्टी हुन्छ । तर वास्तविकता त्यस्तो होइन । महिलाको यौनाङ्गमा रहेको हाइमन नामक झिल्ली अन्य कुनै कारणले टुटिसकेको भए यौन सम्पर्कको समयमा रक्तश्राव नहुन पनि सक्छ । अधिकाँश केटीहरुको साइकल चलाउँदा वा त्यस्तै केही गर्दा उक्त झिल्ली टुटीसकेको हुन्छ ।

shuhaagraat-l

 

६ विवाहपछि महिला यौनका लागि हतारिन्छन्

मानिसहरु सोंच्छन् कि केटीहरु विवाह अंघि यौनिकरुपमा सक्रिय हुन नसक्ने हुँदा विवाह हुने वित्तिकै यसका लागि हतारिन्छन् । तर महिला यौन सम्बन्धका लागि भन्दा पनि पुरुषको ब्यवहार जान्न हतारिएका हुन्छन् । पुरुषहरु यौनमा केन्द्रित हुने भएपनि महिलालाई यौन भन्दा बढी प्यार चाहिन्छ ।

suhag rat 1

 

७ पहिलो रातमा यौन सम्पर्क हुनु पर्छः

मानिसहरु सुहागरात भन्ने वित्तिकै पहिलो यौन सम्पर्क हुनैपर्ने रात   ठान्छन् । अझ कतिपयले त सुहागरातले नै केटा वा केटीको यौनिक क्षमता र उन्मुखता जाँच गर्ने  ठान्छन् । तर वास्तविकता त्यस्तो होइन । पहिलो रातमा यौन सम्पर्क हुने कि नहुने भन्ने कुरा दम्पतिको चिनजान र आपसी समझदारीमा भर पर्छ ।