विश्वका धेरै सेलेब्रेटी, व्यावसायी तथा खेलाडीले आफ्नो जीवन भर निकै चर्चा बटुले अनि अत्याधिक धन जम्मा पारे। तर धेरै सेलेब्रेटी यस्ता पनि छन् जो मरे पश्चात पनि मोटो कमाइ गर्दै छन्। जसमा केहीको कमाइ त बलिउडका सर्वाधिक कमाइ गर्ने नायक शाहरुख र सलमानको भन्दा बढी छ।

जीवनभरको मेहेनत र त्यसपछिको चर्चाले मृत्यु पश्चात पनि अत्याधिक कमाइ गरि विश्वमा चिनिएका केही हस्तीहरु:

माइकल ज्याक्सन

michael jacksonपप संगितका बादशाह माइकल ज्याक्सन २००९ मा संसारबाट बिदा भए, तर उनको नामको कमाइ अझै जारी छ। मृत्यु पछि सर्वाधिक कमाइ गर्ने व्यक्तिमा सबैभन्दा माथी उनकै नाम आउँछ। यो वर्ष मात्र उनले ११.५ करोड डलर कमाइ गरे, जुन यो वर्ष सर्वाधिक कमाइ गर्ने बलिउड नायक शाहरुखको (२५७ करोड भारु) भन्दा करिब ३ गुणा बढी रकम हो। उनको जीवनमा आधारित शो ‘माइकल ज्याक्सन वन’ र उनका संगित बिक्रिबाट उनले यतिका कमाइ गरेका हुन।

अल्बर्ट आइन्स्टाइन

albert einsteinविश्वका सबैभन्दा बुद्धीमान र विलक्षण प्रतिभाका वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सन् १९५५ मा ७६ वर्षको उमेरमा संसार छोडेका थिए। मृत्युको ६० वर्ष पश्चात पनि उनले यो वर्ष (१.१ करोड डलर) कमाइ गरे। ट्याबलेट बेच्ने एक कम्पनीले उनको नाममा सुरु गरेको टेक ब्रान्डको कारण उनको नाममा कमाइ भएको हो।

मर्लिन मुनरो

Marilyn-Monroeमृत्युको ५५ वर्ष पछि पनि हलिउडकी यी नायिकाको चर्चा सकिएको छैन। मुनरोले यो वर्ष करिब १.७ करोड डलर कमाइ गरिन। सन् २०११ मा उनको नामबाट सुरु गरिएको एक कपडाको ब्रान्डको कारण यतिका कमाइ भएको हो।

एलिजाबेथ टेलर

elizabeth taylorहलिउडकी चर्चित नायिका एलिजाबेथ टेलरको जीवन निकै उत्कृष्ट रह्यो। सन् २००९ मा ७९ वर्षको उमेर मृत्य पश्चात पनि उनको परफ्युमको व्यावसायले मनग्य कमाइ गरिरहेको छ। यो वर्ष उनको नाममा २ करोड डलर कमाइ भयो। साथै उनको कयौं क्लासिक फिल्मको रोयल्टी समेत आउने क्रम जारी छ।

चार्ल्स शुज

charles shojचर्चित अमेरिकी कार्टुनिस्ट चार्ल्स शुज मृत्यु पछि कमाइ गर्ने मामलामा तेस्रो स्थानमा आउँछन्। आफ्ना अद्भुत कार्टुनले मन जितेका शुजले यो वर्ष ४ करोड अमेरिकी डलर कमाइ गरे। फोक्सोको क्यान्सरको कारण शुजको मृत्यु सन् २००० मा भएको थियो। उनको प्रसिद्ध कार्टुन चार्ल्स ब्राउन अझै पनि चर्चित छ। उनको कार्टुनको कपिराइटबाट यो कमाइ हुँदैछ।

बब मार्ली

bob marley

केवल ३६ वर्षको उमेरमा क्यान्सरको कारण संसार छाडेका बब मार्ली अमेरिकाका सबैभन्दा प्रतिभावान गायक मध्येका एक हुन। माइकल ज्याक्सन झै बब मार्लीको नाम नसुन्ने सायदै कोही नहोला। यो वर्षमात्र उनले २.१ करोड डलर कमाइ गरे। उनको नाममा सुरु गरिएको कम्पनीको ड्रिङ्क्स र वातावरण मैत्री हेडफोन, स्पीकर तथा लाइफस्टाइल प्रोडक्टको साथै संगित बिक्रिबाट उनको नाममा कमाइ हुने गरेको छ।

एल्भिस प्रेस्ले

elvis presly

किङ अफ रकको नामले चर्चित एल्भिस प्रेस्लेको ४२ वर्षको उमेरमा सन् १९९७ मा मृत्यु भएको थियो। छोटो उमेरमै प्रसिद्धीको शिखरमा पुगेका उनलाइ कुनै पनि स्टारले अहिलेसम्म उनलाई भेट्न सकेका छैनन। यसैकारण मृत्युको ४० वर्ष पश्चात पनि उनको नाममा कमाइको सिलसिला कायमै छ। फोर्ब्स पत्रिकाको अनुसार प्रेस्लेले यो बर्ष ५.५ करोड डलर कमाइ गरे। भलै माइकल ज्याकसनको जति कमाइ होइन तर बलिउडका हस्तीहरुको सालभरको कमाइले एल्भिसको मृत्यु पछिको कमाइसंग टक्कर दिन सक्दैन। उनको बारेमा लेखिएको किताब र संगितको ब्रिक्रिबाट उनले कमाइ गर्दै आएका छन।

जोन लेनन

john lenonअमेरिकाका चर्चित गायक तथा गीतकार जोन लेननको ४० वर्षको उमेरमा हत्या भएको थियो। विश्व चर्चित अमेरिकी ब्यान्ड ‘बीटल्स’ का उनी सदस्य थिए। लस भेगासमा बीटल्समा आधारित शोको टिकट र बीटल्सको क्यासेट ब्रिक्रिबाट उनले यो वर्ष १.२ करोड डलर कमाइ गरेका छन्।

यो पनि पढ्नुस्।

सलमानलाई धकेल्दै शाहरुख फेरी बने सर्वाधिक कमाइ गर्ने सेलेब्रेटी

विश्वका ७ चर्चित मोडल (फोटो फिचर)

बसको कन्डक्टर, वेटर देखि चर्चित स्टारसम्म