हलिउडमा समेत आफ्नो दम देखाइसकेकी बलिउड नायिका प्रियंका चोपरा ८८ औँ ओस्कार अवार्ड कार्यक्रम प्रस्तुत गर्नेको सूचीमा समावेश भएकी छिन्। ओस्कार अवार्ड को कार्यक्रम २९ फ्रेबुअरीमा आयोजना हुन जादैछ।

priyanka chopra

एकेडेमीले निकालेको १३ जना प्रस्तोताको सूचीमा प्रियंका पनि नाम रहेको छ। प्रियंका सहित स्टीभ क्यारेल, क्वीन्सी जोन्स, ओलिभिया मून, जेसन सेग, चार्ली थेरोन सहित चर्चित १३ कलाकार ओस्कार अवार्डमा प्रस्तोता रहने एकेडेमीले सूची सार्वजनिक गरेको हो।

ओस्कार अवार्ड कार्यक्रममा प्रस्तोता हुने खबर थाहा पाएपछि प्रियंकाले ट्विटरमा “Looking forward @ The Academy!! This will be an insaaaane night!” ‘ भन्दै खुसी समेत व्यक्त गरेकी छिन्।

यो भन्दा अघि हलिउडकै ‘SAG अवार्ड’ मा पनि प्रियंका प्रोस्ताता बन्दै देखिएकी थिइन्। साथै ‘पिपुल्स चाइना अवार्ड’ मा उनले अमेरिकी टिभी सिरिज ‘क्वान्टिको’ को लागि बेस्ट न्युकमरको अवार्ड समेत जितेकी थिइन।

यो पनि पढ्नुस्।

पाकिस्तानले अनुपम खेरलाई भिसा दिन इन्कार

विवाहको कुरा नमिलेपछि अनुष्का र बिराटको ब्रेकअप !

राहुल द्रविडको नेपाली खेलाडीलाई सल्लाह – रोटेट स्ट्राइक सिक्नुस्