‘कमेडी नाइट्स विथ कपिल’ बन्द भएपश्चात कलर्समा नयाँ कमेडी शो ‘कमेडी नाइट्स लाइभ’ सुरु भइसकेको छ। जुनमा प्रस्तोता छन् कृष्णा अभिषेक।

भारत र नेपाल सहित विश्वका विभिन्न देशमा निकै दर्शक बटुलेको कमेडी नाइट्स विथ कपिल एकाएक बन्द भएपछि यसको कारण बारे निकै चर्चा गरिए। अहिले कपिलले निराश भएर कार्यक्रम छोडेको मिडियाहरुले लेख्ने गरेका छन्। यो चर्चा संगै कलर्स च्यानलको सिइओ राज नायक को बयान बाहिर आएको छ। एक पत्रिकामा अन्तर्वार्ता दिदेँ कपिलले सफलता सम्हाल्न नसकेको कारण शो बन्द गर्नुपरेको बताएका छन्।

Colors CEO Raj Nayak and Kapil Sharmaके भने राजले?
कार्यक्रमको सफलताले कपिललाई राता रात स्टार बनायो, र उनले यहि सफलतालाई सम्हाल्न सकेनन।

कार्यक्रम सञ्चालन गरिरहन उनले बढी पैसाको माग गरे, जुन हामीले पुरा पनि गर्यौ। यो भन्दा ठुलो कुरा त यो थियो कि उनले हामी संग गरेको सम्झौता लत्याउदै अर्को च्यानलमा अवार्ड शो होस्ट गरिरहेका थिए, जुन गलत थियो।

कपिल पछिल्लो १० वर्ष देखि टेलिभिजनमा एक्टिभ छन्, उनी निकै असल व्यक्त अनि निकै ट्यालेन्टड छन्। हामीले उनलाई प्टेलफर्म दियौ र उनिसंग मिलेर कमेडी नाइट्स बनायौं। यो च्यानलको आइडिया थियो कि यो शोलाई ‘कमेडी नाइट्स विथ कपिल’ राख्ने।
हामीलाई लागेको थियो कि यो फैसलाले उनलाई आफ्नो जिम्मेवारी बोध हुनेछ र शोको लागि उनको इमान्दारी शतप्रतिसत हुनेछ।

यति मतभेद हुँदा हुदै पनि च्यानलको टिमले कपिललाई छोड्न सजिलो थिएन, राजले अगाडी भने,

कुनै पनि च्यानल यति राम्रो शोलाई रिप्लेस गर्न चाहदैन। तर कुरा यति बढिसकेको थियो कि हामीले यसो गर्नुनै पर्यो। हामीले कहिल्यै पनि कपिललाई शो छोड्न भनेका थिएनौ। उनी हामीसंग खुसी थिएनन्।

कपिलकै कारण च्यानललाई आर्थिक रुपमा निकै घाटा भयो। हामी कहिल्यै पनि च्यानलमा दोस्रो शो ल्याउन चाहन्थेनौँ, तर हाम्रो एक स्लट खाली भयो। त्यसैले हामीले कृष्णको शो ल्याउनु पर्यो। त्यस पछि उनले च्यानल छोड्ने फैसला गरे। व्यक्तिगत रुपले भन्नुपर्दा उनी जाँदा मलाइ निकै नराम्रो लागेको छ।

यो पनि पढ्नुस्।

कपिल शर्माले कति कमाउँथे?

‘कमेडी नाइट्स विथ कपिल’को अन्तिम एपिसोडमा रुहावासी (भिडियो सहित)

दुखबाट हाँसो तर्फ, यस्तो थियो कपिलको जीवनकथा

यी ५ गल्तीका कारण सुपरस्टार बने कपिल शर्मा (भिडियो सहित)

ओस्कार अवार्डको प्रस्तोतामा प्रियंकाको नाम

जब आपत्तिजनक तस्बिर लिक भए तब अठ्यारोमा परिन श्रुति