१९ फागुन, काठमाडौं ।

भारतको भ्रमणमा रहेका एमाओवादी नेता डा बाबुराम भट्टराईले आम आदमी पार्टीका नेता एवं दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसँग भेटवार्ता गरेका छन् । भेटमा केजरीवालसँग नयाँ शक्तिको बारेमा चर्चा भएको समेत बाबुरामले फेसबुकमार्फत जानकारी दिएका छन् ।

Baburam with Kejariwal

केही समय अघि सम्म नेपालमा नयाँ शक्तिको चर्चा गरिरहेका बाबुरामले पछिल्लो समयमा भने यस विषयमा खासै बोलेका छैनन् । तर उनले सार्वजनिक गरेको तस्विरमा ‘दिल्लीका मुख्यमन्त्री तथा वैकल्पिक राजनीतिका प्रयोगकर्ता श्री अरविन्द केजरीवालका साथ! वैकल्पिक राजनीतिवारे निकै उपयोगी र रोचक विमर्श!’ भन्ने क्याप्सन राखेका छन् ।

Baburam with Kejariwal 1

बाबुरामले भारतमा रहँदा सत्तारुढ दल भारतीय जनता पार्टी सहित विभिन्न प्रभावशाली ब्यक्तिहरुसँग भेटवार्ता गरिसकेका छन् । उनको दिल्ली भ्रमणको उद्देश्यबारे नेपालमा भने विभिन्न अडकालबाजी चलिरहेका छन् ।

यसैबीच बाबुरामले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पनिभेट वार्ता गरेको जानकारी फेसबुकबाटै दिएका छन् । 

baburam with indian president

यो पनि हेर्नुस्

बाबुरामले भाजपाका महासचिवसँग भेटे