grand-theft-auto-vedio-game१० भदौ, एजेन्सी । भिडियो गेम खेलेपछी एक ८ वर्षका बालकले ८७ वर्षकी एक महिलाको गोली हानी हत्या गरेको छ । महिलाको टाउकोमा गोली हानी ती बालकले महिलाको हत्या गरेका हुन् ।

ती महिलाको गोली लाग्ने बित्तिकै घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । अमेरिकाको लुसियानामा भएको उक्त घटनामा मारिने महिलाको नाम मेरी स्मूदर्श हो भने उनलाई टेलिभिजन हेरिरहेको बेला बालकले गोली प्रहार गरेका छन् । बालकले भिडियो गेम ‘ग्र्याण्ड थेप्ट अटो’ खेलेर छाडेपछी ती महिलालाई गोली हानेको अनुमान गरिएको छ ।

ती महिला र बालकबीचको सम्बन्धका बारेमा भने केही खुलाइएको छैन् । बालकले किन गोली हाने भन्नेबारे कुनै ठोस कारण थाहा हुन सकेको छैन् ।

प्रहरीले बालकलाई उनका बाबु आमाको रेखदेखमा छाडेको छ ।