काठमाडौं ।

नेपालले भारतले लगाएको नाकाबन्दीबारे अन्तराष्ट्रिय मञ्चमा पहिलो पटक खुलेर कुरा राखेको छ । नाकाबन्दी भन्ने शब्द प्रयोग नगरेपनि नेपाली सीमा नाकामा भैरहेको अवरोध र आपुर्ति अवरोध अस्वीकार्य रहेको भन्दै राष्ट्रसंघमै नेपालले बोलेपछि भारतलाई नराम्रो झट्का लागेको छ ।

नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक

संयुक्त राष्ट्रसंघको जेनेभामा मानवअधिकार सम्बन्धी २३ औं विश्वव्यापी आवधिक समिक्षा (यूपिआर) बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल गम्भिर र संवेदनशिल अवस्थामा रहेको जानकारी अन्तराष्ट्रिय समुदायलाई गराए ।

Kamal Thapa UN Speaing

कमल थापाले नेपालका समस्या समाधान गर्न वर्तमान सरकारसँग आत्मविश्वास र इच्छा दुवै भएको भन्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई घुमाउरो चेतावनी समेत दिए । कमल थापाले प्रष्ट शब्दमा भनेका छन्,  ‘नेपालले संविधान जारी गरेको छ, त्यो नेपालको आन्तरिक मान्यता र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा ल्याएको हो । यसमा कसैले खोट लगाउने स्थान छैन, उनले अगाडी भने ‘आम नेपालीको जनजीवन नै अस्तव्यस्त हुने गरी पारवाहनमा लगाइएको रोकका कारण नेपालमा औषधी लगायतका वस्तुहरुको अभाव हुन थालेको र बालबच्चा विद्यालय जानबाट वञ्चित भएका छन् । नेपालमा कुनै पनि प्रकारको सुरक्षा संकट छैन । ‘नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापार बन्द भएको छ । उद्योग धन्दा बन्द हुँदा लाखौं नेपाली बेरोजगार हुने अवस्थामा छ । यसमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्न चाहन्छु ।’

कमल थापाको सम्बोधन भिडियोमाः

उपप्रधानमन्त्री थापाले त्यसअघि संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, मानवअधिकार आयोगका उच्चअधिकारी, विभिन्न मुलुकका राजदूत तथा प्रतिनिधीसँग भेटवार्ता गर्नेक्रममा नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए ।

बैठकस्थलमै बदला लिने भारतको प्रयासः प्रचण्डसँगको रिस समेत देखियो

नेपालले भारत विरुद्ध खुलेर पहिलो पटक अन्तराष्ट्रिय मञ्चमा कुरा राखेपछि भारतीय प्रतिनिधीलाई भने कठिन भयो । कूटनीतिक शैलिमा कमल थापाले प्रस्तुत गरेको प्रतिवेदनले भारतीय प्रतिनिधीहरुलाई सभास्थलमै उकुसमुकस बनाएको थियो । राष्ट्रसंघका लागि भारतका कार्यवाहक स्थायी प्रतिनिधी बीएन रेड्डीले नेपालको आन्तरिक राजनीतिका कारण समस्या सृजना भएको बताउँदै एक समुदायलाई नेपाल सरकारले बेवास्ता गरेको भन्दै मधेश आन्दोलनको पक्षपोषण गरेका थिए । रेड्डीले भने- ‘नेपालमा नयाँ संविधान जारी भएपछि ४५ जनाको मृत्यु भैसकेको छ । नेपालमा भैरहेको पारबहन अवरोधको कारण नेपालका आन्दोलनकारीहरु हुन् ।’

Madhesi Morcha Press Conference

त्यति मात्र नभएर द्वन्दकालीन विषयमा कुरा उठाउँदै भारतले नेपालमा गैह्रन्यायिक हत्या भैरहेको कुरा उठाएर नेपाललाई तल पार्न खोज्यो । ओली सरकार गठनमा सक्रिय भूमिका खेलेका र प्रमुख राजनीतिक शक्तिमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डसँग बदला लिने शैलीमा भारतले नेपालमा द्वन्दकालीन मुद्धाको निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोगको समेत चर्चा गर्न भ्यायो । नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोग प्रभावकारी हुनुपर्ने र हिंसात्मक घटनाका जिम्मेवार व्यक्तिलाई कानूनी कठघरामा उभ्याउने सिफारिस कार्यान्वयन सुनिश्चित हुनुपर्ने भन्दै प्रचण्ड सहितका एमाओवादी नेतालाई तर्साउने प्रयास समेत भारतले गरेको छ ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

रेड्डीले भने ‘एक निकट छिमेकी हुनुको नाताले भारतले नेपाललाई बारम्बार अपिल गिररहेको छ कि सबै समस्याको समाधान वार्ताको माध्यमबाट खोजिनु पर्छ । नेपालसँग हामीले ४ माग गरेका छौं । नेपाल सरकारले संविधानलाई समावेसी बनाउनु पर्छ ताकि सबै नागरिकले बराबर हक पाउन् । नेपालमा एउटा सत्य निरुपण आयोग बनाउनु पर्छ । नेपालको मानव अधिकार आयोगलाई आर्थिक स्वतन्त्रता होस् । त्यस्तै तेश्रो कुरा नेपालमा वालवालिका तथा महिलाका लागि एक आयोग बनाउनु पर्छ ।’

चीनको कुटनीतिक समर्थन

नेपालले भारतीय नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गरेपछि चीनले पनि कुटनीतिक समर्थन गरेको छ । बैठकमा चीनका प्रतिनिधीले चीन नेपालको अवस्थाबारे आफूहरु गम्भिर रहेको बताएका थिए । चिनियाँ प्रतिनिधीले आन्तरिक राजनीतिलाई देखाएर मुलुकको समग्र अवस्थामा असर पार्न कसैले पनि हुँदैन भन्दै त्यस विषयमा आफूहरु सचेत रहेको बताएपछि भारतीय प्रतिनिधी हच्किएका थिए ।

भारतीय मिडियामा हंगामा
नेपालले भारतविरुद्ध अन्तराष्ट्रिय पैरवी शुरु गरेपछि भारतीय मिडिया भने तरंगित भएका छन् । भारतीय मिडियाले नेपालमा प्रधानमन्त्री नरेन्द्र मोदीक पकड गुम्दै गएको हो भन्ने प्रश्न उठाएका छन् ।

Indian Media Reaction on Kamal thapa speech

शशी थरुर भन्छन्- अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्छन् (भिडियो सहित)