१५ मंसिर, काठमाडौं ।

मंगलबार नेपालको संसदमा भारतीय राजदुत रञ्जित रे लाई देश निकाला गर्न माग गर्दै नारावाजी भयो । भारतीय राजदुतको जता ततै विरोध भैरहेको भएपनि संसदमै नारावाजी गरेर उनलाई देश निकाला गर्ने हिम्मत भने कसैले पनि गरेको थिएन ।

तर मंगलबार नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसदमा भारतीय राजदूत रञ्जित रेलाई देश निकाला गर्न माग गर्दै नाराबाजी गरे ।

को हुन् साहसी सांसद ?

संसदबाटै भारतीय राजदुतलाई देश निकाला गर्न माग गर्ने सांसद हुन्, १. प्रेम सुवाल र २. अनुराधा थापा मगर ।

Prem suwal anuradha thapa

सांसदहरुः प्रेम सुवाल र अनुराधा थापामगर

उनीहरुले संसदमा नेपालको संविधान संशोधनमा हस्तक्षेप गर्ने भारत को हो ?, देश बिखण्डन गर्न पाइदैन, राजदूत रेलाई फिर्ता गर भन्ने नारा लगाएका थिए ।

भारतीय मिडिया लेख्छ- मोदीलाई देखेर अन्त्यमा हाँस्ने चीन हुने छ

मधेशवादी दलहरुले पनि संसदमा नारावाजी गरेपछि आजका लागि संसद बैठक अवरुद्ध भएको छ ।

भारतीय संसदमा नेपालको विषयमा बोल्न प्रतिबन्ध