१९ जेठ, एजेन्सी । अभिनेत्री प्रियंका चोपडा आफ्नो हलिउड फिल्म ‘बेवाच’को प्रचारका लागि जर्मनीको बर्लिन शहर पुगेकी छिन् । प्रियंकाले ‘हालोकस्ट मेमोरियल’ कप्सनमा केही सेल्फि खिचेर ट्विटरमा हालिन्, जुन उनका फ्यानलाई पटकक्कै मन परेन ।

एक सेल्फिमा प्रियंका आफ्नो भाइसँग देखिइएकी छिन्, भने अर्को सेल्फिमा प्रियंका एक्लै छिन् र दुवै तस्विरको ‘लोकेसन’ बर्लिनको होलोकस्ट मेमोरियल थियो । ‘होलोकस्ट मेमोरियल’ ति ६० लाख याहुदीहरुको यादमा बनाइएको थियो, जसलाई हिटलरको शासनकालमा निर्ममतापूर्वक मारिएका थिए र गाडिएका थिए । यस मेमोरियलमा करिब १,२०० तस्विर छन् र मरेका मानिसको सम्झनामा करिब २,७०० मूर्ति स्थापना गरिएको छ ।

यसैबीचमा उभिएर प्रियंकाले सेल्फि लिनु र इन्स्टाग्राममा कथा बनाएर पोस्ट गर्नु, फलोअर्सबीच चर्चाको बिषय बन्यो र समाजिक सञ्जालनमा उनको आलोचना बढ्यो । एक फ्यान लेख्छन्, ‘म तपाईलाई समझदार व्यक्तिको रुपमा लिन्थे, तर अब यो सेल्फि देखेर आहत भएको छ ।

अर्का फ्यान लेख्छन्, ‘होलोकस्ट मेमोरियलमा सेल्फि लिएर, फोटो स्टोरी बनाएर फोटो कथा बनाएर हाल्नु यो तपाईको पब्लिसिटी स्टन्ट त होइन ? प्रियंकाले यस्तो गर्न नहुने थियो ।’ यस्ता धेरै आलोचना कमेन्ट गरिएको छ । यद्यपी, फ्यानका कमेन्ट बढेपछि प्रियंकाले होलोकस्ट मेमोरियलका यी तस्विर हटाएकी छिन् ।

यसअघि जर्मनीमै उनको प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटघाटको तस्विरबाट पनि निक्कै आलोचना खेपिन् । उनले घुडादेखि मुनि नछोपिने पहिरन लगाएका कारण आलोचनको शिकार बनेकी थिइन् ।