१५ मंसिर, काठमाडौं । युएइमा रहेको नेपालले पहिलो अभ्यास खेलमा अमेरिकालाई ९० रनको लक्ष्य दिएको छ ।

युएइको आवुदावीमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६ ओभर एक बलमा ८९ रनमै समेटियो । ओपनर दिलिप नाथ र सागर पुन सस्तैमा आउट भए । त्यसपछि अरु १० रन बनाउँदा थप दुई विकेट गुमाएको नेपालले ४० रनमा पाच विकेट गुमायो ।

मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, शक्ति गौचनलाई बेन्चमा राखेको नेपाल शरद भेषावकरको कप्तानीमा मैदान उत्रिएको थियो ।
। नेपालका लागि दिलिप नाथले १६ रन बनाउदा दिपेन्द्र ऐरीले १२ कुशल भुर्तेलले १० रन बनाए । अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ ।