३० भदौ, काठमाडौं । मोरङमा जंगली हात्तीको आक्रमणबाट लाखौं मूल्यका अन्नबालीमा क्षति पुगेको छ ।

Dhurbe hatti

लेटाङ नगरपालिका–९ जाँते फेसबुक चोक बस्ने चन्द्रबीर चेम्जोङ्ग लिम्बु समेत ५ जनाको घरमा रहेको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको अन्नपात क्षति भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

बस्तीमा बसन्त हरियाली सामुदायिक बनबाट आएका २ वटा जङ्गली हात्तीलाई स्थानीयबासीको सहयोगमा जंगलतर्फ लखेटेको प्रहरीले जनाएको छ ।