thief-carries-a-bag२३ साउन,एजेन्सी। साउदी अरबमा अचम्मको चोरी भएको छ। साउदीको उत्तरपश्चिमी शहर ताबुकमका २० लाख रियाद रहेको एक झोलाबाट चोरले २८ हजार रियाल मात्र चोरेर भागेका छन्।

एक स्थानिय कम्पनीमा काम गर्ने एक गैर साउदी नागरिकको कारबाट सो रकम चोरी भएको प्रहरीले जनाएको हो।
ती व्यक्ति कार बाहिर रोकेर शपिङ मलमा छिरेका थिए। उनि शपिङ मलबाट फर्किएर आउँदा खेरी उनको कारको एउटा झ्याल फोडिएको थियो। कार भित्र रहेको एउटा झोलामा २० लाख रियाल थियो र चोरले मात्र २८ हजार रियाद चोरेर लगेको थियो ।

हाल प्रहरीले यसका बारेमा अनुसन्धान जारी राखेको छ।