१५ फागुन, एजेन्सी । भारतको बिहारमा प्रहरीमा काम गर्दै आएकी एक महिलालाई अश्लिल शब्द लेखेर मेसेज पठाएको तथा फोनमा अश्लिल शब्दहरू प्रयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।
ज्योती कुमारी नामकी ती महिलाले अर्को कार्यालयमा काम गर्ने एक प्रहरीलाई अश्लिल शब्दमा मेसेज पठाउने र उसको फोनमा फोन गरेर अश्लिल शब्दहरू प्रयोग गरेर कुरा गर्ने गरेकी थीइन् । कन्वाल तनुज नामका ती प्रहरीले ज्योतीको उक्त कार्यबाट हैरान भएर उजुरी गरेपछि ज्योतीलाई पक्राउ गरिएको हो । ज्योतीले बारम्बार कनवाललाई मेसेज गरेर र फोन गरेर हैरान बनाउने गरेकी थिइन् ।