Advertisements

Author: NH3

आफैले बोकेको बम पड्किएर विप्लवका कार्यकर्ताको मृत्यु

१३ असार, धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता चन्द्र बहादुर सिंह रहेको प्रहरीले जनाएको छ । उपमहानगरपालिकामा बम राख्ने क्रममा पड्केर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय तह चुनाव वहिस्कारको घोषणा गरेको नेकपाले विभिन्न ठाउँमा बम राखेर जनजीवन आतंकित गर्ने काम गरिरहेको छ ।...

Read More

शीर्ष नेता को कहाँ मत हाल्दै ?

१३ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । देउवा केही दिनदेखि उतै व्यस्त छन् । सभामुख ओनसरी घर्तीले लिवाङ–७ रोल्पाबाट भोट हाल्दैछिन् । बालोदय माध्यमिक विद्यालय घर्तीले मतदान गर्ने केन्द्र हो । उपराष्ट्रपति नन्दबहादुर पुन खोलीगाउँपालिका–२ रोल्पाबाट मतदान गर्दैछन् । एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामबाट भोट हाल्दैछन् । खनालको मतदान केन्द्र...

Read More

बम विष्फोट घटनामा विप्लव माओवादीका चारजना पक्राउ

१३ असार, नवलपरासी । नवलपरासीको सुनवलमा मानवीय क्षति हुने गरी गराइएको बम विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चारजनालाई पक्राउ गरेको छ । विष्फोट विप्लव नेतृत्वको नेकपाले गराएको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–३ का पुरुषोत्तम रेग्मी, सरावल गाउँपालिका १ का कान्तिशङ्कर पराजुली, सुनवल नगरपालिका–१२ की दुर्गादेवी पाण्डे र मध्यबिन्दु नगरपालिका–९ का धनबहादुर कुमाल छन् । उनीहरुले निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । पक्राउ परेका सबैलाई जिल्लाका विभिन्न स्थानमा भएका बम विष्फोट, सवारीसाधन माथिको आगजनीका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए । सुनवल...

Read More

धोबीखोलाको खाल्डोमा ढुकुटीको ५२ लाख !

१३ असार, काठमाडौं । वर्षा लागेसँगै काठमाडौंको अनामनगर र बिजुली बजारका स्थानीयवासी कतिखेर धोबीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले त्रस्त छन्। मुसलधारे पानी परेलगत्तै धोबीखोलामा पानीको बहाव माथिसम्म आउने र खोलामा रहेको फलामको पुलले पानी छेक्दा स्थानीयको घरघरमा पानी पसेर हिलाम्मे हुने गरेको छ । धोबीखोलाको पक्की पुल निर्माण गर्न भण्डार थोडंगा जिटेक जेभी ठेकेदार कम्पनीले ठेक्का पाएको छ । तर, ठेक्का पाएको तीन वर्ष बितिसक्दा पनि खोलामा पुल निर्माण भएको छैन । ठेकेदार कम्पनीले अहिलेसम्म ५२ लाख रुपैयाँ सकिसकेको छ । तर, उसले खोलाको दुई किनारामा खाल्डो खन्नेबाहेक केही गर्न सकेको छैन । सडक डिभिजन कार्यालय मीनभवनका...

Read More

जथाभावी ‘डिपार्चर’ दिँदै अध्यागमन

१३ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको चरम लापरबाहीका कारण दिनहुँजसो गलत कागजात भएका व्यक्तिले प्रस्थान (डिपार्चर) अनुमति पाएको भेटिएको छ। अध्यागमनका कर्मचारीले असार ७ गते दुबई गएका एक नेपालीको भिसामा नागरिकता ‘भारतीय’ उल्लेख भए पनि प्रस्थान अनुमति दिए। कामको सिलसिलामा दुबई जान लागेका नेपाली नागरिक मनोजकुमार साहको प्रवेशाज्ञामा गल्तीवश ‘भारतीय नागरिक’ उल्लेख भएको थियो। दुबईबाट भिसा आउँदा साहको राष्ट्रियता ‘भारतीय’ उल्लेख थियो। अध्यागमनका कर्मचारीले उनको भिसा र राहदानी नहेरी हचुवाको भरमा साहलाई प्रस्थान अनुमति दिएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ । दुबईले साहको भिसा जारी गर्दा गरेको गल्तीलाई अध्यागमनले नसच्याई साहलाई प्रस्थान अनुमति दियो।...

Read More