५ माघ, कपिलवस्तु।
सोमडिह गाविसको ७ र ८ मा पर्ने इटवा गाउँमा दादुराजस्तो देखिने अज्ञात रोगबाट पाँच बालबालिकाको मृत्यु भएको छ ।

रोग देखिएयता पन्ध्रदिनको अवधिमा तीन वर्षका आकाश कोरी, डेढ वर्षकी जानकी रैदास, तीन वर्षका सञ्जु चौधरी, पाँच वर्षकी रिङ्का यादव र १० महिना अमित यादवको मृत्यु भएको हो ।

उक्त गाउँका अन्य ४६ जना बालबालिकामा रोगको सङ्क्रमण देखिएको र उनीहरुको रगतको नमूना लिएर प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णु जैसवालले जानकारी दिएका छन् । रासस

यो पनि पढ्नुस्।

जापानका १० रोचक संस्कृति

केही दिनमै सहमति हुन्छ – राजेन्द्र महतो

सिंहदरवारका इट्टामा इट्टा प्रहार हुन्छ – भारतीय मिडियामा उपेन्द्र यादव