एजेन्सी।

एक आइफोन प्रयोगकर्ताले एप्पल कम्पनीका प्रमुख ‘टिम कुक’लाई ई-मेल पठाएपछि एप्पलको अपरेटिङ सिस्टम आइओएसका प्रमुख ‘क्रेग फेडरिगी’ले “खोलिएका तर प्रयोग नगरिएका एपहरूले आइफोनको चार्जलाई कुनै प्रभाव पार्दैन” भनेर जवाफ दिएका छन्।User's e-mail to Tim Cook

ओहायो शहरका आइफोन प्रयोगकर्ता ‘केलब’ले ‘के तपाईँले पनि आइओएसको मल्टिटास्किङ एप बन्द गर्नुहुन्छ र के यस्तो गर्नु आवश्यक छ?’ भनेर टिम कुकलाई ई-मेल गरेका थिए।

केलबको यस्तो प्रश्नमा कम्पनीका उपाध्यक्ष क्रेग फेडरिगीले ‘हुँदैन र छैन’ भन्ने जवाफ दिएका थिए।Apple's iOS Head Craig Federighi

तथापी, अन्य स्मार्टफोनहरूमा भने खुलेका एपहरूलाई बन्द गर्दा ब्याट्रीको चार्ज धेरै समयसम्म टिक्ने पाइएको छ।

माइक्रोसफ्टले नोकिया लुमिया प्रयोगकर्ताहरूलाई ‘ब्याट्री लाइफ बढाउने’बारे के वेबसाइटमा प्रयोग नगरिएका एपहरूलाई बन्द गर्ने सुझाव दिएको छ

एण्ड्रोइड निर्माणकर्ता गुगलले पनि नियमित प्रयोग नगरिने एपहरूलाई पत्ता लगाएर बन्द गर्दा ब्याट्रीमा धेरै समयसम्म चार्ज टिक्ने बताएको छ।

अधिकांश एप्पल प्रयोगकर्ताहरूले भने आइफोनको ब्याट्री धेरै बेरसम्म टिक्ने आशले एपहरू बन्द गर्ने गर्छन् तर कम्पनीको सुझाव भने अर्कै छ। कम्पनीले ‘पावर बचत’को लागि निर्धारण गरेको टिप्समा ‘ब्याकग्राउण्ड रिफ्रेस’ गर्ने एपलाई बन्द गर्नुपर्ने मात्रै उल्लेख गरेको छ।

आफ्नो ई-मेलले यति धेरै ध्यान खिचेको देखेर केलब आफै छक्क परेका छन्। उनले ट्वीटरमा लेखे- “मैले जति सोँचेथे, त्यो भन्दा बढि भाइरल भयो त!”

यो पनि हेर्नुहोस्-
क्रेडिट कार्ड बिना नै निःशुल्क एप्पल आइडी कसरी बनाउने?
आइफोन ५-एस को मूल्य ५०% ले घट्ने- रिपोर्ट
आइफोन र एण्ड्रोइडबाट नेपाली टाइप गर्न चाहनुहुन्छ?
तपाईँको हराएको एण्ड्रोइड स्मार्टफोन पत्ता लगाउने छिटो-मिठो तरिका
“मेरो एण्ड्रोइड फोन ह्याङ्ग हुन्छ, के गर्ने?”