बलिउड डिभा क्याट्रिना कैफका थुप्रै सार्वजनिक प्रदर्शनीहरूबाट ‘रातो’ रङ्गप्रतिको लगाव देख्न सकिन्छ। उनलाई यो प्रेमको रातो रङ्ग यति धेरै मन पर्छ कि, फ्रान्समा आयोजना क्यान्स फेस्टिभलको रेड कार्पेट पहिलो चोटि उपस्थिति हुँदा पनि उनले रातो मर्मेड गाउन पहिरिएका थिए, जसमा उनलाई अति नै सुन्दर देखिएको थियो। उनको स्टाइलिस पोजले सबैको ध्यान खिचेको थियो।Katrina at Cannes 2015

कुनै पनि कार्यक्रम अथवा शोको लागि पहिरन लगाउँदा उनी जहिले होसियार हुन्छिन्। उनको चलचित्र ‘तीस मार खान’को प्रमोशनको लागि ‘बिग बोस’को स्टेजमा जाँदा पनि उनले रातो सारी-गाउन पहिरिएकी थिइन्। सलमान खानसँगै बिग बोसको स्टेजमा उत्रीएकी क्याट्रिनाले लगाएको सारी र गाउनको संयोजनले सबैको आँखा लोभ्याएको थियो।Katrina at promotion of Tees Maar Khan

रातो पहिरन कसरी लगाउने भन्ने बारेमा सायद क्याट्रिनाले एउटा पुस्तक नै लेख्न सक्छिन् होला। उनलाई भुईँसम्म लत्रिने गाउनमा मात्र राम्री देखिन्न, छोटो अनि कसिलो लुगामा पनि उनलाई अचाक्ली सुन्दर देखिन्छ। ‘धूम ३’को प्रमोशनको लागि पनि उनले आफ्नो शरीरलाई रातो रङ्गले नै सजाएकी थिइन्।Katrina and Amir at Promotion of Dhoom 3

लो’रियल ब्राण्डको एम्बासाडर क्याट्रिनाले ‘लो’रियल प्यारिस फेमिना वुमेन अवार्ड्स २०१४’मा पहिलो चोटि उपस्थित हुँदा पनि रातो पहिरनले नै सबैको मन जितेकी थिइन्। घाँटी देखि पाइतलासम्म ढाकेको रातो अत्सु गाउनको माथिपट्टि सुनौलो रङ्गको बुट्टा थियो।katrina at Loreal Paris Women Award

लखनऊमा आयोजना भएको ‘हकी इण्डिया लिग’को उदघाटन कार्यक्रममा उनको रातो परम्परागत लेहेङ्गाले तहल्का मच्चाएकी थिइन्। उनले यो प्रमाणित गरिन् कि पश्चिमी पहिरनले मात्रै नभएर परम्परागत पहिरनले पनि उनलाई उत्तिकै सुन्दरी देखाउँदछ।Katrina at Hockey League opening ceremony Lucknow

यो पनि हेर्नुहोस्-
क्याट्रिनाले भनिन, कसले भन्यो मेरो ब्रेकअप भयो?
अकस्मात भित्रबाट सलमान निस्किएपछि क्याट्रिना चकित (भिडियो सहित)
ब्रेकअपको प्रश्न सोध्नेलाइ क्याट्रिनाको जवाफ
रणबीर र क्याट्रिनाको ब्रेकअपमा दीपिकाको प्रतिक्रिया
क्याट्रिनाको कपाल ८८ लाखमा तयार