आउन लागेको फिल्म ‘फितुर’ मा क्याट्रिना कैफको रातो कपालको लुक्स बनाउन फिल्म निर्माताको लागि निकै महंगो सावित भएको छ। क्याट्रिनाको यो कपाल रंग्याउन करिब ५५ लाख भारु(८८ लाख रुपैयाँ) खर्च गरिएको चर्चा चलेको हो।

katrina-kaif_red-hair fitoor (2)

कपाल रंग्याउन ८८ लाख?

केवल कपाल रंग्याउन ८८ लाख निकै ठुलो रकम हो। भारतमा कुनै हेयरस्टाइल मनपरेन भन्दै क्याट्रिना लन्डन उडेपछि निर्मातालाई ८८ लाख चुना लागेको हो।

katrina-kaif_red-hair fitoor (1)

जब फिल्मको सुटिङ चल्दै थियो, कलर कोट गराउन क्याट्रिना पटक-पटक लन्डन आवतजावत गरिन,जसको पुरै खर्च फिल्म निर्माताले उठाउनु पर्यो। विमानमा जहिल्यै फर्स्ट क्लास अनि ५ तारे होटलको बास। कपाल रंग्याउने यात्रा निकै महंगो बन्यो।

निर्देशक अभिषेक कपूरको फिल्म ‘फितूर’ मा क्याट्रिनालाई एक कश्मिरी केटी फिरदौसको भुमिकामा वास्तविक बनाउन निर्देशकले कपाल रंग्याउने निर्णय लिएका थिए। यो फिल्म १२ फेब्रुअरीमा रिलिज हुनेछ।

यो पनि पढ्नुस्।

सलमानले क्याट्रिनालाई भने- म तिमीप्रति क्रेजी छु

रणबीर र क्याट्रिनाको ब्रेकअप बनाउनुमा आलियाको हात

सलमानले भनेपछि क्याट्रिनाले छोडिन रणवीर कपुर

क्याट्रिनाले भनिन्- मनको कुरा चिच्याएर सबैलाई भन्न मन छ

रणवीर क्याट्रिनाको ब्रेकअपले निर्माता निर्देशकलाई सास्ती