४ भदौ, काठमाडौं ।
सरकारको विशेष दूत बनेर चीन भ्रमणबाट फर्किएका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादु महरा चीनको सन्देश लिएर प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउन लाजिम्पाट पुगेका छन् ।Krishna bahadur mahara 133184616

माओवादीको केन्द्रीय कार्यालयको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड एवं नेताहरुलाई चीन भ्रमणको बारेमा ब्रिफ गर्नेको लागि महरा प्रचण्डको नीजि निवास लाजिम्पाटमा पुगेका छन् ।

हिजोबाट जारी केन्द्रीय कार्यालयको बैठमा महराले चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने, नेपाल र चीन सम्बन्धको बारेमा भएका कुराकानी लगायतको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

महराले चिनियाँ राष्ट्रपतिलाई भेटघाट गर्ने कार्यक्रम रहेपनि भेट गर्न पाएका थिएनन् । चीनमा रहदा विशेष दूतको रुपमा रहेका महरा दुई दिन गुमनाम बसेका थिए ।

यो पनि पढ्नुस्।
भारत प्रचण्डसँग निकट भएर काम गर्न तयारः भारतीय गृहमन्त्री सिंह
चिनियाँ राष्ट्रपति नेपाल आउन सकारात्मकः महरा
भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउने