१६ चैत, एजेन्सी ।

अष्ट्रेलियामाथि सहज जित हात पार्दै टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको भारतीय टिमबाट अलराउण्डर युवराज सिंह आउट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्

अष्ट्रेलियासँगको खेलमा घाइते भएका युवराज दौडिन नसकेपछि उनको साझेदारीमा खेलिरहेका बिराट कोहोलीलाई असहज भएको थियो ।

भारतीय सञ्चार माध्यमले युवराज आउट हुनु भारतीय टिमका लागि वरदान साबित भएको चर्चा त्यतिबेला नै गरेका थिए । किन भने युवराज आउट भए लगतै कप्तान धोनी क्रिजमा आए र उनीसँग मिलेर कोहलीनले थुप्रै एक रनलाई दुईमा बदलेका थिए ।

Virendra and Yubraj

युवराजको मसलमा समस्या देखिएपछि उनलाई आराम गर्न सल्लाह दिइएको छ । धोनीले खेलाडी परिवर्तन गर्नु पर्ने अवस्था आउने सल्लाह विसिसिआइलाई दिएपछि यस्तो निर्णय गरिएको बताइएको छ ।

अनुष्काको मजाक उडाउँदा रिसाए कोहोली, फ्यानको मुख बुझो लगाउने जवाफ
बिराट कोहोलीलाई पुनम पाण्डेको उपहार (तस्विर सहित)
कोहोलीलाई अष्ट्रेलियाको मैदानमै फ्यानले प्रपोज गरेपछि…(तस्विर सहित)

भारत विहीबार वेष्ट इण्डिजसँग फाइनल यात्राका लागि भिडन्त गर्दैछ । ७ नम्बरमा आउने ब्याट्सम्यान र चर्चित बलर युवराजको अनुपस्थितिमा भारतीय टिमलाई केही असहज हुने अनुमान गरिएको छ ।

धोनीमाथि खनिए योगराज सिंह -धोनीको घमण्ड चकनाचुर हुनेछ

अष्ट्रेलियालाई हराएपछि विश्वकप जित्ने भारतको इतिहास (फिचर)