२७ कात्तिक, एजेन्सी।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि उनको व्यवसाय र आम्दानीको बारेमा चर्चा चल्न सुरु भएका छन्।donald-trump

सुरुदेखि नै आफु राष्ट्रपतिमा निर्वाचित भए आफ्नो व्यवसायलाई साइडमा राख्ने प्रतिबद्धता जनाएका ट्रम्पले आफ्नो ध्यान अमेरिकालाई ‘ग्रेट’ बनाउन लगाउने बताएका थिए।

यो पढ्नुस्: राष्ट्रपति नहुँदै यस्तो निजी जेट चढ्छन् डोनाल्ड ट्रम्प (फोटो फिचर)

अघिल्लो वर्ष अक्टोबरमा ‘फेस द नेशन’ शोमा जोन डिकरसनसंगको अन्तर्वार्ताको क्रममा ट्रम्प आफ्नो व्यवसायको बारेमा भनेका थिए, ‘म सबै सम्बन्ध तोड्नेछू… मलाई यसबारेमा कुनै मतलव हुनेछैन। मेरा बच्चाहरुले चलाउने छन्। अझै विस्तार गर्ने मेरो कुनै इच्छा हुने छैन। मलाई यसले कुनै असर गर्दै। अमेरिकालाई फेरी ‘ग्रेट’ बनाउने मौका मेरो अगाडी छ। मेरो पुरै ध्यान यसैमा हुनेछ।’

अघिल्लो वर्ष उनले राष्ट्रपति बने पारिश्रमिक नलिने प्रतिबद्धता समेत गरेका थिए।

चुनावीको क्याम्पेनको क्रममा न्यू हप्यामसाएरमा अक्टोबरमा खर्बपति ट्रम्पले आफु राष्ट्रपति बने वार्षिक पाउने ४,००,००० डलर पारिश्रमिक नलिने घोषणा गरेका थिए।

‘यदि म राष्ट्रपति निर्वाचित भए पहिलो कुरा म कुनै पारिश्रमिक स्वीकार गर्ने छैन, हुन्छ?’, उनले थप्दै भनेका थिए, ‘यो मेरो लागि कुनै ठूलो कुरा होइन।’

फेडेरल इलेक्सन कमिशनको फारमहरुमा ट्रम्पले सन् २०१५ मा ५५७ मिलियन डलर भन्दा बढी आम्दानी गरेको उल्लेख गरेका थिए। राष्ट्रपति बन्नुअघिको अन्तिम बहसमा ट्रम्पले यो कुरा स्वीकार गरे। वर्षौसम्म फेडेरल ट्याक्स (कर) नतिरेको कुरालाई भने उनले टार्दै आएका छन्।

सेप्टेम्बरमा सार्वजनिक भएको फोर्ब्सको नयाँ रिपोर्ट अनुसार ट्रम्पको सम्पति करिब ३.७ बिलियन डलर रहेको छ। जसमा यो वर्ष ८०० मिलियन डलर घटेको छ।

पारिश्रमिक नलिने राष्ट्रपतिमा भने ट्रम्प एक्लो हुने छैनन। अमेरिकाका पूर्व राष्ट्रपति जोन एफ. केनेडी र हरबर्ट हुभरले आफ्नो पुरै पारिश्रमिक दान दिएका थिए।

यो पढ्नुस्।

सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने: ट्रम्प

‘हिलारीको रुवाई रोकिएन, रुदैँ साथीलाई फोन गरेर हारेको कारण खुलाइन’

अमेरिकी फष्टलेडी मेलेनियाका हट तस्विर (फिचर)

‘ए कान्छी रे’ मा अर्चनाको यो रूप !
श्रुती हसनलाई ज्यान मार्ने धम्की ?