८ असोज, काठमाडौं ।

नेपालका लागि पूर्व भारतीय राजदुत राकेश सुदले नेपालले भारतप्रति देखाएको रबैयाप्रति आक्रामक टिप्पणी गरेका छन् ।

नाका बन्दीको संकेतः भारतीय विदेशमन्त्रालयको अर्को कडा विज्ञप्ति

राकेश सुदले विहीबार साँझ देखि नेपालको विषयमा ४ ट्वीट गर्दै नेपालले भारतलाई हस्तक्षेप गर्‍यो भनेर गलत आरोप लगाएको तर्क गरेका छन् ।

rakesh sud

Rakesh sood twitt 1भारतीय राजदुतसँग स्पष्टीकरण सोधिने, प्रधानमन्त्रिका दुत भारत जाँदै

नेपालमा राष्ट्रियता भारत विरोधमा सीमित हुने गरेको र यसलाई भारतले लामो समय सम्म वेवास्ता गरेको भन्दै उनले गत अगष्टमा मन पराइएका भारतीय प्रधानमन्त्री मोदी अहिले हस्तक्षेपकारी कसरी बने भनेर प्रश्न गरेका छन् ।

भारतीय पूर्व राजदुतको चेतावनी- मधेस आन्दोलनबाट नेपालले ठूलो मूल्य चुकाउने छ

Rakesh sood twitt

भारतलाई हस्तक्षेप गर्‍यो भन्दै लगाइएको आरोप गलत भएको दावी गर्दै उनले कुनै पनि नीति सही काइदा र समयमा लागु भएपछि मात्र नतिजा दिने अवस्थामा पुग्ने भन्दै उनले नेपालमा संविधान जारी भएकोमा बेखुसी पनि ब्यक्त गरेका छन् ।

नेपालको संविधानमा भारतले चाहेको खतरनाक बुँदा !

राकेश सुद नेपालमा ब्यापक आलोचनामा परेका हस्तक्षेपकारी राजदुतकोरुपमा चिनिएका थिए । उनलाई एमाओवादीका कार्यकर्ताले जुत्ता समेत प्रहार गरेका थिए ।

मोदी भाषणका डरलाग्दा संकेत