२५ साउन, भोजपुर । गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन ।

भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो लाग्न नसकेको हो । घटना भएको दिनदेखि जिल्ला प्रहरी कार्यालय, भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो निरन्तर अनुसन्धानमा लागेपनि घटनाको रहस्य पत्ता नलागेको हो ।

अहिले केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली खटिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । अनुसन्धान सुस्त रहेको भन्दै स्थानीय भने आक्रोशित हुँदै आएका छन् ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव सापकोटा र चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीप फुयाँल गत असार १२ गते माछा पोखरीमा मृत भेटिएका थिए । रासस

तीन बालबालिकाको सामूहिक हत्या रहस्यमै

पोखरीमा डुबेर ३ जना बालकको मृत्यु

प्याउली घटनाको अनुसन्धानका लागि केन्द्रबाट ‘सीआइवी’ खटियाे