२२ असार, काठमाडौं ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरु राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको बताएका छन् ।

शशांकलाई हेरेपछि शेरबहादुरको ट्वीट

अहिले को प्रधानमन्त्री बन्ने भन्दा पनि अव बन्ने प्रधानमन्त्री देखि मन्त्री सम्म सबैको विषयमा छलफल हुने उनको भनाइ छ ।

Madhav Nepal talkingg

फाइल तस्विर

भियतनामको साताब्यापी भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोल्दै नेता नेपालले कुनै ब्यक्तिले प्रधानमन्त्री बन्ने हतारो गर्ने कुरा जायज नभएको समेत बताए । अहिलेको अवस्थामा राष्ट्रिय सहमति चाहिएकाले आफूहरु त्यसमा छलफलरत रहेको समेत उनको भनाइ छ ।

शशांकको अवस्था हेरेपछि प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि प्रधानमन्त्री देखि मन्त्री सम्मको विषयमा खुला छलफल हुने नेता नेपालले बताएका छन् । कांग्रेस समेत राष्ट्रिय सरकारको पक्षमा आइसकेको दावी गर्दै नेता नेपालले अव राष्ट्रिय सरकारको पक्षमा माहौल बन्दै गएको दावी समेत गरे ।

शशांक वान्ता गर्दा गर्दै बेहोस हुने अवस्था किन आयो

माधव नेपालको भनाइले एमाले भित्रै सरकार ढाल्ने कसरत चलिरहेको संकेत गरेको छ । यस अघि झलनाथ खनालले बजेट पारित भएपछि माओवादीसँग भएको भद्र सहमतिबारे मुख खोल्ने बताएको सञ्चार माध्यममा आएको थियो ।