२२ असार, काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शाशांक कोइरालाको स्वास्थ्य लाभको कामना गरेका छन् ।

शशांकको अवस्था हेरेपछि प्रधानमन्त्रीको निर्देशन

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था बुझेर अस्पतालबाट फर्किएपछि सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वास्थ्यलाभको कामना गरेका हुन् ।

deuwa sad

ट्वीटरमा देउवाले भनेका छन्, “उपचाररत मेरा मित्र कांग्रेस महामन्त्री डाक्टर सशांक कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

सभापति देउवा महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था बुझ्न बुधबार विहानै ओम अस्पताल पुगेका थिए ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कांग्रेस महामन्त्री शशांक कोइरालाको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । महामन्त्री कोइरालाको अवस्था बुझ्न ओम अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सक एवम् अस्पताल प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् ।

शशांकलाई विमानस्थल सम्म पनि पुर्‍याउन सक्ने अवस्था छैन

चिकित्सकका अनुसारको अहिले कोइरालाको रक्तचापको अवस्था ९०÷६० रहेको छ । पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको छ ।

शशांक वान्ता गर्दा गर्दै बेहोस हुने अवस्था किन आयो

अत्यन्तै गम्भिर अवस्थामा रहेका डा कोइरालाको उपचारमा डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. युएन पाठक, डा. लवजोशी, डा. श्याम महर्जन, डा. सुवास आचार्य, डा. महेश भट्टराई, डा. रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा. पिके क्षेत्री, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको अस्पतालले जनाएको छ ।