२२ असार, काठमाडौं ।

मंगलबार राति अचानक बेहोस भएपछि राजधानीको ओम अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधार हुने विषयमा केही भन्न नसकिने चिकित्सकहरुले बताएका छन् ।

शाशांकको स्वास्थ्य अवस्थाबारे जानकारी दिन बुधबार आयोजित दोश्रो पत्रकार सम्मेलनमा चिकित्सकहरुले यस्तो निराशाजनक भाव ब्यक्त गरेका हुन् ।

om hospital doctors

पत्रकार सम्मेलनमा डा. लव नरसिंह जोशीले शशांको स्थिति जटिल र क्रिटिकल रहेको बताए । उनले भने, “हामीले गर्नुपर्ने सबै काम गरिरहेका छौं तर उहाँको स्वास्थ्य स्थिति छ।”

मुटु समेत बन्द भयो- चिकित्सक

शशांकको मुटुको चाल केही समय बन्द भएर पुनः फर्किएको समेत चिकित्सकहरुले खुलासा गरे । वान्त गर्दा फोक्सोमा असर परेको र मुटु समेत केही बेरका लागि बन्द भएको भएपनि तत्काल फर्किएको चिकित्सकको भनाइ छ ।

चिकित्सकहरुले शशांकलाई देश बाहिर लैजाने अवस्था नरहेको पनि दोहोर्‍याएका छन् । यद्यपी अस्पतालमा रहेका कांग्रेस नेताहरुले भने शशांकलाई भारत लैजानु पर्नेमा जोड दिएका छन् ।

शशांकको अवस्था बुझ्न प्रधानमन्त्री ओम अस्पतालमा

KP Oli Sashanka ventiletor

मंगलबार साँझ एक्कासी वान्ता भएपछि कोइरालालाई चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएपछि विहान ४ बजे समेत उनलाई पुनः वान्ता भएको बुझिएको छ ।

ओलीद्वारा प्रचण्डलाई बाटो खुल्लाः जे गर्ने हो छिटो गर्नुस्

कोइरालाको अवस्था अन्त्यन्तै गम्भिर रहेको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेनटर सपोर्टमा बरिष्ठ चिकित्सकको निगरानीमा उपचार भैरहेको अस्पतालले जारी गरेको पहिलो विज्ञप्तिमा उल्लेख छ ।

OM hospital press release Shashanka Koirala Helath

उनको देव्रे फोक्सोमा दीर्घ निमोनिया भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

देउवाको ट्वीट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शाशांक कोइरालाको स्वास्थ्य लाभको कामना गरेका छन् ।

शशांकको अवस्था हेरेपछि प्रधानमन्त्रीको निर्देशन

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था बुझेर अस्पतालबाट फर्किएपछि सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वास्थ्यलाभको कामना गरेका हुन् ।

deuwa sad

ट्वीटरमा देउवाले भनेका छन्, “उपचाररत मेरा मित्र कांग्रेस महामन्त्री डाक्टर सशांक कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

सभापति देउवा महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था बुझ्न बुधबार विहानै ओम अस्पताल पुगेका थिए ।

विमानस्थल सम्म पनि पुर्‍याउन सक्ने अवस्था छैन

ओम अस्पतालले भेन्टिलेटरमा राखेर उपचार भैरहेका कोइरालालाई तत्काल विदेश लैजाने अवस्था नरहेको जनाएको छ । अहिलेको क्रिटिकल अवस्थामा कोइरालालाई विमानस्थल सम्म समेत पुर्‍याउन नसकिने अस्पतालले जनाएको छ ।

Om hospital

कांग्रेस नेताहरुले शशांकलाई दिल्ली लैजान जोड गरेपनि अहिलेको अवस्थामा उनलाई कहीँ पनि लैजान नहुने अस्पतालले बताएको छ । यति विघ्न क्रिटिकल अवस्थामा अस्पतालबाट अन्यत्र लैजानु घातक हुने चिकित्सकहरुको भनाइ रहेको बुझिएको छ ।

किन लगियो ओम अस्पताल

शशांकलाई ओम अस्पताल लैजानुको कारण उनकी पत्नी सुपात्रा कोइराला सोही अस्पतालमा चिकित्सक रहेका कारण रहेको बुझिएको छ । अन्य अस्पताल नलगेर कोइरालालाई ओम लैजानुको कारण उनकी पत्नी नै त्यहाँ कार्यरत रहेको परिवारले जनाएको छ । पत्नीकै निगरानीमा उपचार भैरहेका कारण क्रिटिकल अवस्थामा विदेश लैजान हतार गर्न नहुने समेत अस्पतालले सुझाव दिएको छ ।

पिज्जा खाएपछि वान्ता

हिँजो साँझ पिज्जा खाएका कोइरालालाई केही समय पछि वान्ता शुरु भएको पारिवारिक श्रोतले जनाएको छ । निरन्तर वान्ता हुनुको कारण फुड पोइजनिङ वा अन्य केही कारण हो भन्ने खुल्न बाँकी छ । पिज्जा नै अखाद्य रहेको वा अन्य कुनै कारणले उनलाई वान्ता भो भन्ने विषयमा पनि कुनै विवरण सार्वजनिक भएको छैन ।

उपचारमा कुनै कमी नहोस्- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महामन्त्री शशांक कोइरालाको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । महामन्त्री कोइरालाको अवस्था बुझ्न ओम अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सक एवम् अस्पताल प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् ।

KP Oli Sashanka hospital 1

चिकित्सकका अनुसार कोइरालाको रक्तचापको अवस्था ९०÷६० रहेको छ । पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उनलाई अहिले तीन किसिमका औषधि दिइएको छ भने शरीरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको उनले बताए ।

KP Oli Sashanka hospital

यस्तै कोइराला अस्पतालमा भर्ना भएको खबर सुने लगत्तै कांग्रेस नेता, कार्यकर्ता तथा सुभेच्छुकहरु ठूलो संख्यामा ओम अस्पतालमा जम्मा भएका छन्।

किन रोइन् सुजाता ?

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला बुधबार ओम अस्पताल पुगेर रुँदै बाहिर निस्किइन् । पार्टी महामन्त्री तथा आफ्ना भाइ शशांकको स्वास्थ्य अवस्था देखेपछि सुजाताका आँखा रसाएका हुन् ।

ओम अस्पताल परिसरमा सुजाता आँशु पुछ्दै निस्किएपछि सञ्चारकर्मीहरुले उनलाई पच्छ्याएका थिए । फोटो पत्रकारहरु पनि उनका रुँदै गरेका तस्विर लिन तँछाड मछाड गरे ।

अस्पतालमा भाइ शशांकको अवस्था देखेपछि सुजाता सार्वजनिकरुपमा नै रुँदै निस्किनुलाई धेरै तरिकाले विश्लेषण गरिएको छ । परिवारको सदस्यको अवस्था गम्भिर देखेका कारण मात्र सुजाता रोइन वा शशांकको अवस्था भनिएभन्दा पनि गम्भिर हो भन्ने विषयमा उनका आँशुको आधारमा विश्लेषण थालिएको छ ।

sujata

गत कांग्रेस महाधिवेशनमा आफू पार्टी महामन्त्री बन्ने भन्दै कस्सिएकी सुजाता भाइ शशांकलाई समर्थन दिएकी थिइन् । कोइराला परिवारका नेताहरु एक पछि अर्को विरामी भएर परलोक भएपछि कोइराला विरासत धान्न महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका शशांकको अवस्था अत्यन्तै गम्भिर हुँदा कोइराला परिवारमा ठूलो चोट पुगेको सुजाताका आँशुले प्रष्ट्याएका छन् ।

विमानस्थलबाटै माधव नेपालले गरे नयाँ सरकार बन्ने संकेत

गिरजा प्रसाद कोइरालाले आफ्नी उत्तराधिकारी बनाउन खोजेकी सुजाता गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको निधनपछि भने पार्टीमा पछि परेको विश्लेषण भैरहेको छ । यद्यपी कोइराला परिवारका नयाँ उत्तारधिकारीकोरुपमा शशांक उदाएका छन् । उनी विरामी हुँदा सुजाता दुःखी भएको सार्वजनिकरुपमै झल्किएको छ ।