२२ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महामन्त्री शशांक कोइरालाको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

शशांक वान्ता गर्दा गर्दै बेहोस हुने अवस्था किन आयो

महामन्त्री कोइरालाको अवस्था बुझ्न ओम अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सक एवम् अस्पताल प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् ।

KP Oli Sashanka hospital 1
अकस्मात अचेत भएपछि ओम अस्पतालमा भर्णा गरिएका कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।

शशांक कोइरालाको अवस्था अत्यन्तै गम्भिरः ओम अस्पताल

महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

KP Oli Sashanka hospital

उनलाई हृदयाघातको आशङ्का गरिए पनि परीक्षणका क्रममा हृदयाघात नभएको तर फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले जानकारी दिए ।

शशांकलाई विमानस्थल सम्म पनि पुर्‍याउन सक्ने अवस्था छैन

चिकित्सकका अनुसारको अहिले उनको रक्तचापको अवस्था ९०÷६० रहेको छ । पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उहाँलाई अहिले तीन किसिमका औषधि दिइएको छ भने शरीरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको उनले बताए ।

डा. जोशीले भने—‘‘उहाँको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिएको छ । उहाँको अवस्था गम्भीर छ ।’’

KP Oli Sashanka ventiletor

डा कोइरालाको उपचारमा डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. युएन पाठक, डा. लवजोशी, डा. श्याम महर्जन, डा. सुवास आचार्य, डा. महेश भट्टराई, डा. रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा. पिके क्षेत्री, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको अस्पतालले जनाएको छ ।

डा. कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजाने तयारी भए पनि शरीरको अवस्था स्थिर नरहेका कारण तत्काल सम्भव नभएका कारण लैजान नसकिएको पनि अस्पतालले जनाएको छ ।

महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्था जानकारी लिन अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शिर्ष नेताहरु अस्पताल पुगेका छन् ।