७ पुस, काठमाडौं ।

नयाँ शक्तिका अभियानका संयोजक डा. बाबुराम भट्टराईले भारतीय नाकाबन्दी खोल्न मन्त्री प्रधानमन्त्रीले दिल्लीलाई विन्ती गर्दा राष्ट्रिय मानमर्दन भैरहेको भन्दै आफ्ना समस्या समाधान गरेर भारतलाई झुक्न बाध्य तुल्याउनु पर्ने तर्क गरेका छन् ।

भारतले नाकाबन्दी लगाएर अन्त्यन्तै गलत काम गरेपनि त्यसलाई खोल्न भनेर विन्ती गर्नुको साटो भारतले नाकाबन्दीको बाहाना बनाएको आन्तरिक समस्या समाधान गर्नु बुद्धिमानी हुने उनको भनाइ छ ।

baburam bhattarai interview

नेपाली हेडलाइन्ससँगको विशेष कुराकानीमा डा बाबुराम भट्टराईले पछिल्लो समयमा नाकाबन्दी खुल्ने संकेत देखिएको भएपनि आन्तरिक समस्या समाधान नगरे यो दिगो हुन नसक्ने भन्दै चिन्ता ब्यक्त गरे ।

रोगको कारण निदान नभए दीर्घ समस्या बन्न सक्ने भन्दै उनले सीमाङ्कनको विषय नमिलाइ हल खोजिए यो दिगो नहुने बताए । आफ्नो पक्षमा बलियो भएमात्र भारतले हेप्न नसक्ने भन्दै उनले नेपाली शासकहरुले आफ्नो समस्या समाधान गर्नुको साटो विदेशी शक्तिले गराएको भनेर बढी प्रचार गर्ने गरेको बताए ।

बाबुरामको नयाँ शक्तिमा प्रदीप गिरी र रामेश्वर खनाल पनि

भारत र नेपालको सम्बन्ध सँधै नेपाल हेपिएको अवस्थामा रहेको र पछिल्लो समयमा शासकहरुको ब्यवहारका कारण झनै लामो समय सम्म यस्तै अवस्था कायम रहने खतरा बढेको डा भट्टराईको भनाइ छ ।

नेपालको आन्तरिक मामिलालाई विदेशी शक्तिहरुसँग जोड्ने प्रवृत्ति गलत भएको बताउँदै भट्टराईले नेपाललाई विदेशी शक्तिको पञ्जाबाट मुक्त गर्ने गरि काम गर्नुको साटो प्रचार बढि गरिने गरेको भन्दै वर्तमान अवस्था पनि त्यस्तै प्रवृत्तिका कारण आएको बताए ।

संकट समाधानका लागि बाबुरामको ४ बुँदे फर्मुला

शासक वर्गले सँधै फटाहा गोठालाले ‘बाघ आयो’ भनेर भ्रम छर्दा साँच्चिकै बाघ आएपछि थारु र मधेशी समुदायलाई भारतले गरेको भनेर प्रचार गरिएकै कारण भारतको नाकाबन्दी निम्तिएको बाबुरामको तर्क छ ।

संविधान जारी हुनु अघि भारत गएका पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाले भारतलाई कुनै आश्वासन दिएको बारे आफूलाई कुनै जानकारी नभएको र यसबारे २ नेताले नै जवाफ दिनु पर्ने भट्टराईले बताएका छन् ।

प्रचण्डलाई बाबुरामको जवाफः प्रचण्डको दस्तावेज ‘अष्टपदी निबन्ध’

हिन्दु राष्ट्र नभएर नाकाबन्दी लगाएको भन्ने छ नि भन्ने प्रश्नमा बाबुराम भट्टराईले आफूलाई त्यस्तो नलागेको र त्यसो भए भारतले पहिले आफ्नो देश हिन्दु राष्ट्र घोषणा गरेर मात्र नेपाललाई भन्नु पर्ने बताए ।

डा भट्टराईसँगको विस्तृत अन्तर्वार्ता छिट्टै प्रकाशित गरिने छ ।