२८ साउन, एजेन्सी ।

साउथ चाइना सीको विषयलाई लिएर चीन आक्रोशित देखिएको छ ।

प्रचण्ड निकटका नेताले दिए राजिनामा

अमेरिका र भारतसँग समेत युद्ध गर्ने अवस्था आएमा पछि नपर्ने बताएको चीनले छिमेकी भियतनामलाई पनि युद्धको चेतावनी दिएको हो ।

china vietnam war

साउथ चाइना सीमा सेनाको संख्या बढाइरहेको चीनले भियनतनामलाई भयानक युद्धको चेतावनी दिएको हो ।

भियतनामले साउथ चाइना सीमा रकेट लञ्चर पठाएपछि क्रुद्ध बनेको चीनले सन् १९९७ को युद्ध नभुल्न चेतावनी दिएको हो ।

साउदी दुई शहरमा निशाना बनाएर हानियो मिसाइल !

चीनले भियतनामले आफ्नो कदमका लागि गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी पनि दिएको छ । चीनको सरकारी सञ्चार माध्यमले भियनतनामले १९९७ को युद्ध भुल्न नहुने भन्दै चेतावनी दिएको हो ।

भारतीय लेखिका भन्छिन-प्रचण्ड चिनियाँ चंगुलबाट उम्किन पर्छ

सन् १९९७ मा चीन र भियतनामबीच भएको युद्धका क्रममा भियतनाम पराजित भएको थियो । उक्त युद्धमा दुवै पक्षका हजारौं मानिस मारिएका थिए ।

राजा सुनको विमानमा चढेर आएपछि मानिसहरु चकित (तस्विर सहित)

विहीबार मात्र चीनले ‘गाओफेन-3’ नामक स्पाइ स्याटेलाइट सफलतापूर्वक परीक्षण गरेको थियो । यो स्याटेलाइटको सहायताले चीन अव संसारभरीका समुन्द्री गतिविधी नियाल्न सक्षम हुनेछ ।

गाओफेन-3 चीनको पहिलो अर्विट रिमोट सेन्सिङ स्याटेलाइट हो । यसले हाइ रेज्योलुसनको तस्विर लिन सक्छ । यसले लामो दुरी सम्मको तस्विर लिने क्षमता पनि राख्ने चीनको सिन्हुवा समाचार समितिले जनाएको छ ।