कुशल श्रेष्ठ

सन् १९५२ मा रुसको लेनिन्ग्राडमा जन्मिएका ‘भ्लादिमिर पुटिन’ रुसका राष्ट्रपति हुन्। पूर्व प्रधानमन्त्री पुटिनले सोभियत सङ्घको सेक्रेट पुलिस, ‘केजिबी’को अधिकारीबाट आफ्नो राजनैतीक जीवनको सुरुवात गरेका थिए। सन् १९९९ मा त्यतिबेलाका रुसी राष्ट्रपति ‘बोरिस यल्टसिन’ले उनका प्रधानमन्त्रीलाई निलम्बन गरेर पुटिनलाई प्रधानमन्त्री बनाएका थिए। यल्टसिनले राजीनामा दिएपछि, उनले पुटिनलाई राष्ट्रपति बनाइदिए। सन् २००४ र २०१२मा पनि पुटिन नै राष्ट्रपतिमा चुनिए। अहिले भैरहेको सिरिया र युक्रेनको सङ्कटलाई पनि पुटिनकै कारनामाको रूपमा मानिन्छ।

त्यसैले, यस्ता रोचक व्यक्तिको जीवनको बारेमा केहि रोचक अनि अनौठा तथ्यहरू पढौँ न तः

१. उनी आफ्नो बाल्यकालमा मातापिता र दाजुभाइसँग एक सामुदायिक अपार्टमेन्टमा बस्थे र फुर्सदको समयमा अपार्टमेन्टका मुसा मार्ने काम गरेर अरूसँग पैसा लिने गर्दथे।
२. १८ वर्षको उमेर पुग्दासम्म उनले ‘जुडो’मा ब्ल्याक बेल्ट पाइसकेका थिए। यसलाई उनले ‘जीवनको सिद्धान्त’ पनि भनेका छन्। अहिले पनि उनले आफ्नो फुर्सदको समयमा जुडोको अभ्यास गर्ने गर्छन्।putin has good judo-skill
३. पुटिनका दुई छोरी छन्- मारिया पुटिना र तेक्यातरिना पुटिना। तथापी, उनीहरूको अस्तित्व अझसम्म सार्वजनिक भएको छैन। उनको पारिवारिक तस्विर पनि अझसम्म प्रकाशन भएको छैन। उनले आफ्नो पारिवारिक जीवनलाई गोप्य नै राख्न चाहन्छन्।putin has two daughters
४. रुसी राष्ट्रपतिले कुकुरलाई असाध्यै रुचाउँछन् र उनले कैयौँ प्रजातिका कुकुरहरू पनि पालेका छन्। एकचोटि पुटिनले जर्मन चान्सलर ‘एन्जेला मर्कल’लाई डराउनका लागि ‘ब्ल्याक ल्याब्राडर’ प्रजातिको कुकुर उनका अगाडि ल्याएर राखिदिएका थिए।Putin and his black labrador
५. सन् २०१० डिसेम्बरमा, दान कार्यक्रमको अवसरमा उनले ‘ब्लुबेरी हिल’ गीत गाएर रुसी जनताहरूका मन जितेका थिए। उनले एकचोटि सोभियतका पालाको गीत ‘फ्रम ह्वेर द मदरल्याण्ड बेगिन्स’ लाई पियानोमा बजाउन लागेका थिए, तर गलत नोट बजाएकाले उनले रोकेका थिए।
६. पुटिनले रुसी सहरमा आगोलागी हुँदा ‘को-पाइलट’ बनेर आगो निभाउन मद्दत गरेका थिए।putin as copilot
७. पुटिनले १६ वर्षसम्म ‘सेक्रेट पुलिस एजेन्सी’को लागि पूर्वीय जर्मनीमा जासुसी काम गरेका थिए।putin was spy for KGB
८. पूर्वीय जर्मनीमा जासुसी काम गर्नपरेपछि उनले राम्ररी जर्मन भाषा सिक्ने मौका पाए। तर उनको अङ्ग्रेजी भने त्यति बलियो छैन।putin is fluent in german but not in english
९. रुसमा पुटिनको नामबाट कैयौँ खाध्यपदार्थहरू पनि बनेका छन्, जस्तै; पुटिन्का भोड्का, पुटिन क्यान्ड गुड्स। साथै रुसमा उनको तस्विर छापिएको टि-सर्टको पनि भव्य व्यापार हुने गर्दछ।putin vodka
१०. उनी समलिङ्गी विवाहका कट्टर विरोधी हुन्। उनले यस्तो कार्यलाई शैतानको पुजा गरेसरह ठान्दछन्। सन् २०१३ मा उनले गरेको भाषणमा उनले “रुसले यूरिपेली देशहरूले जस्तो समलिङ्गी विवाहको संस्कृतिलाई पछ्याउनेछैन” भनेका थिए।putin is against Gay marriage
यो पनि हेर्नुहोस्-
पुटिन विश्वकै सबैभन्दा धनी व्यक्ति? २१७ खर्ब रुपैयाँ सम्पति रहेको दाबी
डरलाग्दो कुकुर बोकेर पुटिन मिटिङमा छिरेपछि…
मोदीलाइ पुटिनको उपहार: एक तरबार र डायरीको केही पान्ना
संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति फेरि पनि पुटिन, ओबामा नम्बर ३
पानी मुनि पुटिन..(तस्विर सहित)