मंसिर, काठमाडौं ।
काठमाडौंमा समाधान नभेटेपछि दिल्ली मिसनमा रहेका आन्दोलनरत मधेसी मोर्चा आवद्ध दलका शीर्ष नेताहरु नयाँ दिल्ली पुग्दा भारतीय मिडियाले पनि यो विषयलाई विशेष महत्व दिएका छन् ।

नेपालको अवस्थाले भारतलाई झनै बढी खतरा – भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

सीमा नाका अवरोध र नेपालको पछिल्लो राजनीतिक तनाबकाबीच उनीहरु सामूहिक दिल्ली दौडाहामा छन् ।

Indian Media reaction on Madhesi leader in India 1

भारतको सरकारी सञ्चार माध्यम प्रेस ट्रष्ट अफ इण्डिया पिटिआइले नेपालमा सत्तारुढ, विपक्षी तथा आन्दोलनकारीबीचको वार्ता निष्कर्षविहिन भएपछि मधेशी नेताहरु दिल्ली आएको लेखेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि दिल्ली पुगेका मधेशी नेताहरुले भारतका प्रधानमन्त्री देखि सबै बरिष्ठ अधिकारीसँग भेट्ने कार्यक्रम रहेको पिटआइले जनाएको छ ।

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सदभावनाका राजेन्द्र महतो र तराइ मधेश सदभावनाका अध्यक्ष महेन्द्र यादवको दिल्ली भ्रमण नेपाल स्थित भारतीय राजदुत रञ्जित रेसँगको भेटपछि भएको समाचारमा जनाइएको छ ।

Indian Media reaction on Madhesi leader in India 2

मधेश आन्दोलन र भारतीय नाकाबन्दीको समस्या समाधान गर्न यो भेटघाट भएको र यसकै समस्या समाधानको पहलस्वरुप मधेशी नेताहरु दिल्ली पुगेको पिटिआइको समाचारमा उल्लेख छ ।

सत्तारुढ तथा विपक्षी दलले मधेशीहरुको माग पुरा गर्न तीन महिनामा संविधान संसोधनको प्रस्ताव गरेको भएपनि मधेशीहरुले उक्त प्रस्ताव अस्वीकार गर्दै दिल्ली गएको समाचारमा लेखिएको छ ।

भारतीय मिडिया लेख्छ- मोदीलाई देखेर अन्त्यमा हाँस्ने चीन हुने छ

भारतले नाकाबन्दी लगाएको कुरा अस्वीकार गरेको भन्दै पिटआइले मधेशमा जारी तनावकै कारण सीमा आपुर्ती अपरोध भएको भारतीय भनाइ दोहोर्‍याएको छ ।