एजेन्सी ।

बलिउडका चर्चित जोडी अरवाज खान र मलाइका अरोराबीच अव सम्बन्ध विच्छेदको चर्चाले यतिबेला बलिउडमा हलचल मच्चिएको छ ।

सलमान खानका भाइ बुहारीको सम्भावित ब्रेकअपबारे मिडियामा अनुमानको लहर नै चलेको छ । यसका कारण पनि कोट्टाउन थालिएको छ ।

Malaika Arwaj Khan `
Malaika Arwaj Khan 2

हालै मात्र क्याट्रिना कैफ रणबीर कपुरको ब्रेक अप तथा फरान अख्तर र अधुना अख्तरको ब्रेकअप भएको बलिउडमा मलाइका र अरवाजको सम्बन्धबारे पनि अनेक अडकलबाजी चलिरहेका छन् ।

भारतीय मिडियाहरुले मलाइका अरवाजको सम्बन्धमा दरार आउनुको कारण अभिनेता अर्जुन कपुर रहेको उल्लेख गरेका छन् । अर्जुन र मलाइकाको सम्बन्ध नजिक भएपछि अरवाज र मलाइकाबीचमा तिक्तता पैदा भएको समेत दावी गरिएको छ ।

Malaika Arwaj Khan 1

मलाइकाले केही समय अघि अरवाजसँग बस्दै आएको बन्द्रास्थित घर समेत छोडेर अन्यत्रै बस्न थालेकी छिन् ।

Malaika Arwaj Khan 3

अर्जुन र मलाइकाबीच सम्बन्ध गहिरिएका कारण मलाइका पति अरवाजसँग छुट्टिने अवस्थामा पुगेको दावी कतिपय सञ्चार माध्यमले गरेका छन् ।

ब्रेकअपको प्रश्न सोध्नेलाइ क्याट्रिनाको जवाफ

रणबीर र क्याट्रिनाको ब्रेकअपमा दीपिकाको प्रतिक्रिया