७ कार्तिक, काठमाडौं ।

प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा लाग्न आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।

बल्ल शुरु भयो लोकमानबारेको वास्तविक खेल

उनले आज बसेको संसदीय दलको बैठकमा प्रचण्डले संसदमा प्रस्ताव दर्ता नै भइसकेकाले एकताबद्ध भएर लाग्न निर्देशन दिएका हुन् ।

फाइल तस्बिर

फाइल तस्बिर

माओवादी संसदीय दलको बैठकले कांग्रेससँग थप परामर्श गरेर महाअभियोगको पक्षमा लाग्ने निर्णय गरेको हो । बैठकमा प्रचण्डले कांग्रेससँग संवाद भइरहेको जानकारी गराएको माओवादीका नेता अग्नी सापकोटाले बताए ।

कांग्रेसले के गर्ला ? लोकमान प्रकरणमै यस्तो खतरा

प्रचण्डले महाअभियोग प्रस्तावको बारेमा टुंगो नलाग्दा समेत राजधानी नछोडन पनि निर्देशन दिएका छन् । हिजा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले महाअभियोगको बारेमा अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको थियो ।

प्रचण्डसँग देउवाले सोधे–तपाईको आधिकारिक धारणा के हो ?

केन्द्रिय कार्यालयको बैठकलको म्यान्डेट अनुसार प्रचण्डले आज बसेको संसदीय दलको बैठकमा महाअभियोगको पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।