१६ माघ, महोत्तरी।
महोतरीका तीन स्थानमा मधेशी मोर्चाका कार्यकर्ताले शनिवार नेपाली काँग्रेसको अघिवेशनमा अवरोध गरेका छन।

गौशाला नगरपालिका ६ रजखोरमा मोर्चाका कार्यकर्ताले कुर्सी तोडफोड गर्नुका साथै कागजात च्यातेका छन्। मोर्चाको अवरोधका कारण हतिसर्वा र एकरहिया गाविसको अधिवेशन बिथोलिएको छ। नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्र कुमार रायका अनुसार ३० र ३५ वटा मोटरसाईकलमा आएका समुहले अवरोध गरेपछि अधिवेशन विथोलिएको जानकारी दिए ।

निर्वाचन अधिकृत दिपनारायण मण्डलका अनुसार महोतरीमा गाउँ, नगर वडा र नगर अधिवेशन शुक्रवार तथा शनिवार गरिएको छ । ६ निर्वाचन क्षेत्र, तीन नगरपालिका तथा ६५ गाविस भएको महोतरी जिल्लामा तीन स्थानमा अधिवेशन गर्न बाँकी रहेको निर्वाचन अधिकृत मण्डलले बताए।

यो पनि पढ्नुस्।

आइतबार हुने राजनीतिक संयन्त्रको बैठक विषयमा छलफल

रसियामा ७ रिक्टर स्केलको भूकम्प, लगतै ५.२ र ४.५ रेक्टरको पराकम्प

अमेरिकाले आइएसविरुद्ध लिबियामा पनि कारबाही गर्नसक्ने

शहिदप्रतिको सम्मान – प्रधानमन्त्रीको उधारो फुलमाला