एकदमै बढि धनी व्यक्तिहरूलाई के नै पो भन्न सकिन्छ र? यहि कि, यो यस्तो उपलब्धि हो, जसलाई साधारण व्यक्तिले पाउन सक्दैन। विगतका दिनहरूमा, मानिसहरूले धेरै मेहनत अनि दुःख गरेर मात्रै धनी हुन्थे। तर अहिले प्रविधिको विकाससँगै, यो संसार पनि पहिलेको भन्दा छिटो गतिले चल्न थालेको छ। अनि संसारको गतिलाई पछ्याउन सक्नेहरू धनी बनेका छन्। जस्तै, यी ३ व्यक्तिहरू जो सानै उमेरमा खरबपति बन्न सफल भएः

३. याङ्ग हुइयान

हुइयान चीनियाली रियल इस्टेट मेगा मुगल ‘युङ्ग क्वक क्युङ्ग’की छोरी हुन्। उनी चीनकै सबैभन्दा विशाल रियल इस्टेट विकास कम्पनीकी मालिकनी हुन्। उनका पिताले यस कम्पनीको सबै सेयर उनको नाममा गरेका थिए। हाल हुइयानले उक्त कम्पनीको रणनीतिक कार्य सम्हाल्ने गरेकी छिन्। उनको सम्पत्ति ४.९ बिलियन डलर भन्दा बढि रहेको छ।Yang-Huiyan

२. डस्टिन मोस्कोविट्ज

डस्टिन मोस्कोविट्ज एक अमेरिकी इन्टरनेट उद्दमी हुन्, जसले मार्क जुकरबर्ग, एडुवार्डो स्याभरिन, एण्ड्रिउ मेककोलम र क्रिस ह्युजका साथ मिलेर फेसबुक वेबसाइट खोलेका थिए। सन् २००८ मा, उनले फेसबुक छोडेर जस्टिन रोजेन्स्टाइनसँग मिलेर ‘असाना’ नामक साइट खोले। फेसबुक छोड्नेबेला उनले आफ्नो २.३४ प्रतिशत सेयर पनि लिएका थिए, जसले गर्दा मोस्कोविट्जलाई विश्वकै कान्छा खरबपति बनाएको थियो। उनको सम्पत्ति ८.१ बिलियन डलर भन्दा बढि रहेको छ।Dustin-Moskovitz

१. मार्क जुकरबर्ग

मार्कलाई नचिन्ने मान्छे त सायदै कोहि होला! अहिलेका दिनहरूमा उनको आविष्कारको प्रयोग गर्ने प्रयोगकर्ताहरू मात्रै १.५५ बिलियन भन्दा बढि रहेका छन्। उनी अत्ति नै चलाख र बुद्धिमानी विध्यार्थी पनि थिए। उनले संसारका भिन्नाभिन्नै ठाउँमा बसेका मानिसहरूको बीचमा ‘फेसबुक’ जस्तो उपयोगी आविष्कार दिएका छन्, जसले गर्दा ती टाढिएका मानिसहरूको बीचमा सामिप्यता बढ्दै गएको छ। उनको सम्पत्ती ३४ बिलियन डलर भन्दा बढि रहेको अनुमान छ।Mark-Zuckerberg

यो पनि हेर्नुहोस्-
विलासीतामा बाँचेका विश्वका १० दुष्ट व्यक्ति
विश्वका ५ रहस्यमय धन, खोज्न जाने हजारौं मानिसले गुमाए ज्यान
अरबपतिका बाथरुममा केके ? बाथटबनै हजार करोडको…
जुकरबर्गको दान कि व्यवसाय
जुकरबर्गलाई छोरी जन्मको खुसी, आफ्नो ९९ प्रतिशत सेयर दान गर्ने घोषणा
सफलताका सूत्र, जुकरबर्गका ७ टिप्स