काठमाडौं ।

भारतका एक युवा क्रिकेटरले नेपाली अण्डर १९ टिमका कप्तान राजु रिजाल १९ नभएर २४ वर्षका भएको दावी गरेपछि यो विषयले भारतीय मिडियामा हंगामा गरेको छ । नेपाल भारतसँगको खेलमा पराजित भएपनि नेपाली टिमका कप्तानको उमेर धेरै रहेको भन्दै भारतीय मिडियामा खेल रद्ध हुने देखि अण्डर एज टिममा उमेरको वास्ता नगरिने गरेको सम्म भनेका छन् ।

नेपाल र भारतबीचको खेल हुन लागेको समयमा सोमबार विहान भारतका एक क्रिकेटरले नेपाली कप्तान राजु रिजालले उमेर ढाँटेर अण्डर १९ खेलिरहेको दावी गर्दै फेसबुक स्ट्याटस लेखेका थिए ।

Captain raju and Indian Commentator

कौस्तभ पवार नामका युवा क्रिकेटरले यस्तो टिप्पणी गर्दै फेसबुक स्टेटस लेखेपछि भारतीय मिडियाले यसलाई हेडलाइन समाचार बनाइरहेका छन् ।

कौस्तभले आफू राजु रिजालसँऊ मुम्बाइमा सँगै क्रिकेट खेलेको दावी गर्दै राजुले नेपालमा राजु रिजाल र भारतमा राजु शर्मा भनेर नाम बदल्ने गरेको दावी समेत गरेका छन् ।

Raju Rijal Controversy on Indian Media 1

क्रिकेट सम्बन्धि वेवसाइट क्रिकइन्फोका अनुसार कौस्तभ भारतीय ओपनर रोहित शर्मासँग सन् २०११ मा मुम्बईबाट खेलेका थिए ।

Raju Rijal Controversy on Indian Media 2

कतिपय भारतीय सञ्चार माध्यममा राजुलाई भारतीय हुन् कि नेपाली भनेर समेत प्रश्न गरिएको छ । भारतको उत्तर प्रदेशबाट मुम्बइ क्रिकेट खेल्न गएका २०-२२ जना केटाहरु मध्ये राजु रिजाल पनि एक भएको र त्यतिबेला उनलाई राजु शर्मा भनिने गरेको दावी ती मिडियाको छ ।

Raju Rijal Controversy on Indian Media 6

बारणसीबाट बोलाइएका राजुले त्यतिबेला मुम्बइमा अण्डर-१५ टिममा स्थान पाएको सुरेश शेट्टीले कोच गरेको उक्त टिममा खेलेका राजु नै अहिले नेपाली अण्डर-१९ टिमको कप्तान बनेको दावी टाइम्स अफ इण्डियाले गरेको छ । यद्यपी उसले यो समाचार कौस्तभकै भनाइको आधारमा बनाएको हो ।

Raju Rijal Controversy on Indian Media 3 राजु रिजाल २५-२६ वर्षका भैसकेको भन्दै भारतीय मिडियामा उनी बंगलादेशमा जारी प्रतियोगितामा समेत खेल्न नहुने दावी गरिएको छ । राजुसँग राञ्जी ट्रफी खेलेका जाभेद खानले समेत राजुको उमेर २५ भन्दा माथि रहेको प्रतिक्रिया दिएको भारतीय मिडियामा उल्लेख छ ।

Raju Rijal Controversy on Indian Media 4

यता नेपाली अण्डर -१९ टिमका म्यानेजर सुदिप शर्माले भने यस्ता आरोपलाई कपोल कल्पित भन्दै खण्डन गरेका छन् । उनले कौस्तभलाई यो कुराको प्रमाण दिन समेत चुनौती दिएका छन् । उनले राजु मुम्बइमा क्रिकेट खेल्न गएको हुन सक्ने भएपनि उनी २६ वर्षका नभएको स्पष्ट पारेका छन् ।

टाइम्स अफ इण्डियाले इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) ले समेत अण्डर एज टिमलाई खासै उमेरको कुरामा नच्याँप्ने गरेको दावी गरेको छ ।

Raju Rijal Controversy on Indian Media 5
नेपाल क्रिकेट संघ क्यानले आइसिसीलाई दिएको कागजातले भने राजु सन् १९६६ को सेप्टेम्बर १ मा जन्मिएको उल्लेख छ ।

Raju Rijal Controversy on Indian Media

Raju Rijal Controversy on Indian Media ७

एविपी न्यूजले पनि राजु रिजाललाई अहिले भारतीय अण्डर १९ टिमका खेलाडी शर्फराज खानका पिता नौसाद खानले सन् २००० मा बारणसीबाट मुम्बइ लगेको दावी गरेको छ ।

राहुल द्रविडको नेपाली खेलाडीलाई सल्लाह – रोटेट स्ट्राइक सिक्नुस्
भारतसँग नेपाल पराजित हुनुका ४ कारण
नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड