६ मंसिर, काठमाडौं ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार वार्ताको नाटक गरेर दमनमा उत्रिएको भन्दै सप्तरीमा प्रहरीको गोली आन्दोलनकारी मारिने घटनाको घोर भर्त्सना गरेका छन् ।

उपेन्द्र यादवले आइतबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘वार्ताको नाटक गरि जनतामा भ्रम सिर्जना गर्ने अनि अर्कोतिर जनतामाथि दमन गर्ने सरकारको दोहोरो चरित्रको फोरम नेपाल भत्र्सना गर्दछ’।

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

२ जना मारिएको र अन्य १५ जनालाई प्रहरीको गोली लागेको भन्दै अध्यक्ष यादवले घाइेतको उपचार गर्ने अस्पतालमा समेत प्रहरीले दमन गरेको दावी गरेका छन् ।

नेपाल नीति फेरबदल गर्ने संघारमा मोदी सरकार !

सप्तरीको घटनाले सरकारले वार्ता मार्फत् मुलुकलाई निकास दिनुको सट्टा आन्दोलनकारी माथि चरम दमन गरी सरकार आफै वार्ता बिथोल्ने र मुलुकलाई थप संकट तर्फ धकेल्न लागिपरेको प्रमाणित भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

Madhesi Morcha Bigyapti 6 mangsir