२७ पुस, काठमाडौं ।

एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा जारी वार्ता प्रक्रियाबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओलीको योजना अनुसार सरकार गठन भएलगत्तै थापालाई वार्ता टोलीको संयोजक बनाइएको थियो भने प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाइएको थियो ।

Kamal Thapa and Prachanda

प्रधानमन्त्री ओली, प्रचण्ड र थापाले मधेसी मोर्चासंग २५ पटक औपचारिक वार्ता गर्दा पनि सहमति जुट्न नसकेपछि प्रधानमन्त्री ओलीको आग्रहमा कार्यदल गठन गर्ने सहमति भएको थियो । तीन दल र मोर्चा सहभागी कार्य दल गठन भएर छलफल समेत अगाडि बढाएको छ । कार्यदल गठन भएपनि प्रचण्ड र थापाले सहमति निर्माणको लागि कुनै छलफल समेत अगाडि बढाएका छैनन । दैनिक रुपमा राजनीतिक भेटघाटमा व्यस्त हुँदै आएका प्रचण्ड पार्टीको काममा व्यस्त भएका छन भने थापा मन्त्रालयको कार्यमा व्यस्त हुँदै आएका छन् ।

एक साताको बीचम तीन दल र मोर्चाबीका सदस्यहरुबीच पाँच पटक बैठक हुँदा पनि ठोस सहमति जुटन नसकेको छैन । सहमति निर्माण गर्न र वार्ता गर्ने जिम्मेवारी पाएका प्रचण्ड र थापा नै बाहिरिएका छन् । कार्यदलले छलफल थालेपछि प्रधानमन्त्री ओलीले पनि मधेसी मोर्चाका शीर्ष नेताहरुसंग कुनै छलफल गरेका छैनन् । वार्ताको जिम्मेवारी पाएका प्रचण्ड र थापा जिम्मेवारी विहीन भएपछि आ–आफ्नो काममा लागेका छन् । यतिसम्म कि सहमति निर्माणको लागि प्रमुख शीर्ष दलका नेताहरुले पनि ध्यान दिएका छैनन् ।

यो पनि पढ्नुस्।

मध्यपुर्व काम गरिरहेका नेपाली कामदारको रोजगारी धरापमा

कार्यदलको वैधानिकता र अधिकारमाथि नै प्रश्न

प्रधानमन्त्री ओलीको विरुद्ध झलनाथ खनाल खनिए

यस्तो भए हस्पिटल जान ढिला नगर्नुहोस्

आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको भन्दै इरानको चर्को आलोचना

वर्तमान सरकार उल्लूहरुको झुण्ड हो: अध्यक्ष महतो