१२ पुस, काठमाडौं ।

मन्त्रालय टुक्राउने विषयमा एमाओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई निकै सचेतापूर्वक भनेका थिए–अहिले देशको अवस्था निकै जटिल र संकटपूर्ण छ, जनताहरु पनि आक्रोशित बन्दै गएका छन, भुकम्प पीडितहरु चिसोको कारण मरिरहेको छन, यो बेला मन्त्रालय टुक्राउनु हुँदैन ।

तर प्रधानमन्त्रीले ओलीले प्रचण्डले कुरालाई एक कानले सुनेर अर्को कानले उडाउदै दुई मन्त्रालय फुलेको भोली पल्ट पुनः दुई मन्त्रालय टुक्राए । ओलीको कार्यशैलीले प्रचण्ड हैरान भएको लाजिम्पाट स्रोतले बतायो ।

KP Oli-Prachand-620x400-620x372

प्रधानमन्त्रीको कार्यशैली देखेर प्रत्येक नेताले प्रचण्डलाई प्रश्न गर्न थालेको छन–के जे गर्दा पनि टुलुटुले हेरेर बस्ने कि ओलीसंग सिधासिधा कुरा गर्ने ? शुक्रवार र शनिवार सहमति निर्माणको लागि सक्रिय भएका प्रचण्ड सहमति खोज्नको लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुगे ।

आज नै शीर्ष तीन नेताबीच छलफल गर्ने आश्वासन दिएका प्रचण्डले प्रधानमन्त्री ओलीसंग कुरा गरेपनि ओली सकारात्मक नभएको स्रोतले बतायो ।

प्रचण्डज्यू, अब कस्तो क्रान्ति गर्दै हुनुहुन्छ ?

हुनै लागेको वार्ता यसरी भाँडियोः प्रचण्डले गरे गृहमन्त्रीलाई फोन

सरकारसंग वार्ताको औचित्य समाप्त भयो: सद्भावना

बालुवाटारमा प्रचण्डले ओलीलाई प्रश्न गरे–मन्त्रालय टुक्राएर के गर्न खोज्नु भएको ? यो तरिका ठिक भएन यसरी अगाडि बढ्दा सत्ता साझेदरमा समस्या आउने निश्चित त अस्ति नै मैले यो निर्णग नगर्नु आलोचना हुन्छ भन्दा तपाईले सुन्नु नै भएन कि सुनेर पनि बुझ पचाउनु भो, सरकारको बारेमा बाहिर के भनिरहेका छन् सुन्नुभएको छ ? ’ त्यसपछि ओलीले आफूले बाध्यतामा मन्त्रालय फुटाएको जवाफ दिएको बालुवाटार स्रोतले बतायो ।

ओली र प्रचण्डबीच चर्काचर्की परेपछि आज हुने भनिएको प्रमुख शीर्ष दलको बैठक पनि अनिश्चित भएको छ । ओलीसंग भेट गरेपनि प्रचण्ड विराटनगर प्रस्थान गरेका छन् । प्रचण्ड बाहिरिए लगत्तै नेपालका लागि भारतीय राजदुत रञ्जित रे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।