२२ असार, काठमाडौं ।

मंगलबार राति अचानक बेहोस भएपछि ओम अस्पतालमा भर्ना गरिएका कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्था अन्त्यन्तै गम्भिर रहेको अस्पतालले जनाएको छ ।

शशांक वान्ता गर्दा गर्दै बेहोस हुने अवस्था कसरी आयो

उनलाई अहिले भेन्टिलेनटर सपोर्टमा बरिष्ठ चिकित्सकको निगरानीमा उपचार भैरहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनको देव्रे फोक्सोमा दीर्घ निमोनिया भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

OM hospital press release Shashanka Koirala Helath

निरन्तर बान्ता गरेपछि बेहोस भएको भनिएका कोइरालालाई वान्ताकै कारण उनलाई स्वास प्रस्वासको समस्या भएको र निमोनियाले उनी बेहोस भएको चिकित्सकहरुले ठहर गरेका छन् ।

शशांकको अवस्था बुझ्न प्रधानमन्त्री ओम अस्पतालमा

रक्तचाप निक्कै न्यून रहेका कोइरालाको उपचारका लागि भगवान कोइराला सहितको चिकित्सक टोलीलाई समेत ओम अस्पताल बोलाइएको थियो । कोइरालाको स्वास्थ्यमा सुधार आउन अझै केही समय लाग्ने चिकित्सकहरुले बताएका छन् ।

ओलीद्वारा प्रचण्डलाई बाटो खुल्ला

मंगलबार साँझ एक्कासी वान्ता भएपछि कोइरालालाई चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएपछि विहान ५ बजे समेत उनलाई पुनः वान्ता भएको अस्पतालले जनाएको छ ।