कुशल श्रेष्ठ

सन् २०१२ मा मङ्गल ग्रहमा अनुसन्धान गर्न नासाले पठाएको कार-आकारको ‘क्यूरियोसिटी रोभर’ले आफ्नो व्यस्त समयको बाबाजुद फेरि अर्को शानदार सेल्फी खिचेर पठाएको छ।

यही जनवरी १९ मा मङ्गल ग्रहको ‘नामिब ड्युन’ (Namib Dune) क्षेत्रमा क्यूरियोसिटी रोभरले खिचेको यो तस्विर ५७ वटा छुट्टाछुट्टै तस्विरहरूको संयोजनबाट बनेको हो।

Curiosity Rover's Selfie on 2016 January 19

नासाको ‘क्यूरियोसिटी रोभर’ले सन् २०१६ जनवरी १९ मा खिचेको सेल्फी

नासाका वैज्ञानिकहरूले यस रोबटको एउटा हातमा राखिएको ‘मार्स ह्याण्ड लेन्स इमेजर्स’ (Mars Hand Lens Imagers) क्यामेरालाई प्रयोग गरेर तस्विर खिचेका हुन्। गत शुक्रवार नासाले रिलिज गरेको ‘सेल्फी’, सन् २०१२ अगस्ट ६ मा मङ्गलको सतहमा ल्याण्डिङ्ग गरेदेखिको तेश्रो सेल्फी हो।

यो भन्दा पहिले सन् २०१५ अगस्ट ५ मा, ‘बकस्कीन’ उपनाम गरेको एक चट्टानको ड्रील गरिसकेपछि यस रोभरले ९२-वटा तस्विरको संयोजन गरेर एउटा सेल्फी खिचेर पठाएको थियो।

Curiosity Rover's Selfie on 2015 August 5

नासाको ‘क्यूरियोसिटी रोभर’ले सन् २०१५ अगस्ट ५ मा खिचेको सेल्फी

यसैबीच सन् २०१४ को जुनमा पनि, क्यूरियोसिटी रोभरले मङ्गल ग्रहमा बिताएको माङ्गलिक १ वर्ष (पृथ्वीको ६८७ दिन)को अवसरमा एउटा सेल्फी खिचेर पठाएको थियो।

Curiosity Rover's Selfie on 2015 June 24

नासाको ‘क्यूरियोसिटी रोभर’ले सन् २०१५ जुन २४ मा खिचेको सेल्फी

साथै, सेल्फीसँगै क्यूरियोसिटी रोभरले रातीको बेला विध्युतीय प्रकाशको प्रयोग गरेर मङ्गल ग्रहको सतहमा भएको बालुवाको तस्विर पनि खिचेर पठाएको छ।

Curiosity Rover captured Mars Sand dunes at night

नासाको ‘क्यूरियोसिटी रोभर’ले रातिको समयमा मङ्गल ग्रहको बालुवाको तस्विर खिचेर पठाएको छ।

यस रोभरको वास्तविक मिसन भनेको “मङ्गल ग्रहको सुरुका दिनहरूमा जीवनको कुनै अस्तित्व थियो कि थिएन?” भनेर जाँच गर्नु थियो। यसैक्रममा विगत २ महिनादेखि, यस रोभरले त्यहाँको बालुवा र बहने हावाको प्रकृतिको बारेमा अध्ययन गरिरहेको छ।

“पृथ्वीबाहेक अन्य ग्रहमा गरिएको पहिलो ‘सक्रिय बालुवाहरूको जाँच’ले मङ्गल ग्रहको पातलो वायुमण्डल र कमजोर गुरुत्वाकर्षण बलमा त्यहाँको बालुवाको गति, अवस्था र विशेषताको बारेमा प्रभावकारी जानकारी पाउन सकिएको छ।”, नासाले एक बयानमा उल्लेख गरेको थियो।

यो पनि हेर्नुहोस्-
सयवटा भन्दा बढी एलियन ग्रह भेटियोः नासाको दाबी
नासाले सार्वजनिक गर्‍यो सूर्यबाट आगो निस्किँदै गरेको एचडी दृष्य (भिडियो सहित)
मंगल ग्रहमा मुसा भेटियो!
मंगल ग्रहको ढुङ्गामा देवताको आकृति भेटियो!?
मंगल ग्रहको वायुमण्डलबारे नयाँ तथ्य: पृथ्वी पनि मंगल झै हुने सम्भावना उच्च
नेपाली बैज्ञानिक ओझालाई अर्को सफलता, मंगल ग्रहमा बगिरहेको पानीको श्रोत भेटियोे