एजेन्सी।

अवैध शिकारको मामलामा सलमान खानलाई गत विहिबार जोधपूर अदालतमा बोलाइयो र सलमानले बयान दिँदै आफू निर्दोष भएको बताए।

पछिल्लो चोटिको जस्तै यो चोटि पनि अदालतमा सलमानको जाति सोध्दा उनले आफूलाई‌ ‘भारतीय’ बताए। सलमानलाई सन् १९९८ मा ‘हम साथ साथ हे’को सुटिङ्गको क्रममा कालो हरीणको शिकार गरेको मुद्दा अझसम्म चलिराखेको छ। यस मुद्दामा लोअर कोर्टले उनलाई दोषी ठहराइसकेको छ। त्यसै बेला उनलाई गैर हतियार राकेको आरोप पनि लागेको थियो, जसको लाइसेन्सको मिती अन्त्य भैसकेको थियो।Salman being called in Jodhpur Court (2)

सलमान गत विहिबार चार्टर्ड प्लेनमा मुम्बईबाट जोधपूर आए र एयरपोर्टबाट सीधै आफ्नो वकीलका साथ होटल पुगे। त्यसको केहि समयपछि सलमान अदालत पुगेका थिए।Salman being called in Jodhpur Court (3)

जोधपूर प्रहरीले विश्नोई कम्युनिटीको उजुरीमा सलमान र अरू दुईजना विरुद्ध सन् १९९८ अक्टोबर २ मा हरीणको शिकार गरेको मुद्दा जाहेर गरेका थिए। सलमानको विरुद्ध अझसम्म शिकार र गैर-लाइसेन्स हतियार राखेको गरी कुल ३ वटा मुद्दा लागिसकेको छ। उनलाई सन् १९९८ अक्टोबर १२ मा पक्राउ गरिएको थियो भने ५ दिन पछि उनलाई जमानतमा छाडिएको थियो।Salman being called in Jodhpur Court (1)

यो पनि हेर्नुहोस्-
‘सुल्तान’को सुटिङ सेटमा शाहरुख? सलमान परे दङ्ग
सलमानलाई विवाहको लागि अल्टिमेटम
सलमानको ‘सुल्तान’ र शाहरुखको ‘रईस’ एकैदिनमा भिड्ने
जब सलमान सहित यी १० कलाकारले गरे अचम्मित पार्ने खुलासा